
काठमाडौं । नेपाल सरकारले भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको निन्दा गरेको छ । नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत घटनाको निन्दा गरेको हो ।
आतंकवादीले मंगलबार जम्मू–कश्मीरको पहलगाममा आक्रमण गर्दा एक नेपालीसहित २६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
“जम्मू–कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको नेपाल स्पष्टरूपमा निन्दा गर्दछ,” परराष्ट्र मन्त्रालयले भनेको छ, “हामी शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ र घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ ।”
परराष्ट्रले नेपाल यस दुःखको समयमा भारत सरकार र भारतीय जनताको साथमा उभिने र ऐक्यबद्धता जनाउने बताएको छ ।
“नेपाल सबै प्रकारका आतंकवादको निन्दा गर्छ । र, विश्वास गर्दछ कि आतंकवादका यस्ता जघन्य कार्यहरूलाई कुनै पनि आधारमा उचित ठहराउन सकिँदैन र गर्नुहुँदैन,” परराष्ट्रले भनेको छ ।