site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भविष्यमा इन्टरनेटको सर्च इन्जिनले आत्महत्याबाट जोगाउने
काठमाडौं । भविष्यमा मानिसको ज्यान बचाउन इन्टरनेटकोे सर्च इन्जिन सहयोगी हुन सक्ने भएको छ । समाचार संस्था पीटीआईका अनुसार नयाँ विकाश हुने सर्च इन्जिनमार्फत तीनीहरुलाई आत्महत्या गर्न हतोत्साहित गर्ने खालका जानकारी दिइनेछ ।
बैज्ञानिकहरु आत्महत्या गर्न सक्ने सम्भावना भएका प्रयोगकर्ताले सर्च इन्जिनमा लेखेको वा खोजेको जनाकारीका आधारमा प्रभावकारी ढंगबाट पहिचान गर्न सकियोस भनेर पत्तालगाउने तरिकाको विकास गरिरहेका छन् ।
सर्च इन्जिनमा देखेका वा प्रयोग गरिएको जिज्ञासाले केवल प्रयोगकर्ताहरुको रूचि बारेमा मात्र नबताएर त्यसमा उनीहरुकोे मुड, लगाब तथा स्वास्थ्यको अवस्थासँग जोडिएका जानकारी पनि निहित हुनेछ । 
गुगल जस्तो सर्च इन्जिनले विश्व स्वास्थ्य संगठनको सुझावको आधारमा यस अघिनै आत्महत्या गर्ने सोच राखेका प्रयोगकर्ताले राखेका जिज्ञासाको आधारमा त्यसलाई पहिचान गरेर उनीहरुको ध्यान काउन्सिलिङ र आत्महत्याको रोकथाम गर्न सक्ने अन्य सेवाहरु प्रति मोडेर काम सुरु गरेको बताइएको छ ।
“इन्टरनेट आत्महत्या रोक्नमा महत्वपूर्ण भूमिका निभाइरहेको छ,” जर्मनीको लुडविग म्याक्सिमिलियन युनिवर्सिटीका फ्लोरियन अरेन्ड भने । उनीहरुले भनेका छन् वास्तवमा धेरै अध्ययनहरुले आत्महत्या गर्न आतुर व्यक्तिलाई पनि उपलब्ध सहायता स्रोतको ध्यान दिलाउँदा आफ्नो योजना बदल्न सक्छन् भन्ने तथ्य अगाडि आएको छ । 
अनुसनधानकर्ताहरुका अनुसार उनीहरुले सर्च इन्जिनले प्रयोग गरिरहेकोे जिज्ञासाको विश्लेषण गर्ने प्रणालीलाई कसरी संशोधित गर्न सकिन्छ भनेर एक अध्ययन गरेका छन् जसबाट आत्महत्याको खतरा नजिक पुगेका प्रयोगकर्तामा उपचार सम्बन्धी जानकारी पुर्याउने सुनिश्चितता गर्न सकियोस । 
यसअघिको एक अध्ययानले यसका सम्भावित आत्महत्याको जोखिम भएका प्रयोगकर्ता मध्ये २५ प्रतिशतका जिज्ञाासा मात्र गुगलले आत्महत्यासँग सम्बन्धित भएको भनी खुट्टयाउन सफल भएको बताइएको थियो । 
लुडविग म्याक्सिमिलियन युनिवर्सिटीका सेबास्टियन स्चेरले भने,“अहिलेका सर्च इन्जिनहरुले तीनको क्षमताको अधिकताम उपयोग गरी जो जोखिममा परेका छन् तिनीहरुलाई राम्रो रुपले पहिचान गरि सहयोग गर्न सकेका छैनन् ।”
यो अध्ययन हेल्थ कम्युनिकेशन नामक जर्नलमा प्रकाशित भएको थियो ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro