site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षकका जायज माग पूरा गर्न सरकार तयार, देउवा फर्किएपछि गभर्नर नियुक्ति

काठमाडौं । सरकारले शिक्षकहरूले राखेका जायज माग पूरा गर्न तयार रहेको जनाएको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको बताए । 

उनले शैक्षिक गतिविधिमा सहभागी हुन शिक्षकहरूलाई आग्रह समेत गरे । समयमा नै शैक्षिक गतिविधि अघि नबढे विद्यार्थीको भविष्य बर्बाद हुने भन्दै उनले शिक्षकहरूले आन्दोलन रोक्नुपर्ने बताए । 

प्रवक्ता गुरुङले कांग्रेस सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको उल्लेख गरे । 

त्यस्तै, मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए । 

बैठकले चैत्र १५ गते तीनकुने घटनामा ज्यान गुमाएका दुईजनाको परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलव्ध गराउने निर्णय गरेको छ भने सर्वोच्च अदालत र अन्तर्गतका निकायको मौजुदा संगठन संरचना र दरबन्दीमा संशोधन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले वैदेशिक सहायता परिचालन नीति, सार्वजनिक खरिद संशोधन नियमावली स्वीकृत गरेको छ भने सार्वजनिक खरिद (चौधौँ संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro