site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वर्षाले मागिन् श्रीमानसँग डिभोर्स
काठमाडौं । नायिका वर्षा राउतले आफ्ना पतिसँग डिभोर्स मागेकी छन् । आफ्नो पति शहरको नामुद गुन्डा भएपछि सँगै बस्न नसक्ने भन्दै वर्षा डिभोर्स गर्ने निर्णयमा पुगेकी हुन् । 
श्रीमतीले डिभोर्स मागेपछि उनका श्रीमान भने तनावमा छन् । वर्षाले सम्बन्ध बिच्छेद गर्ने भएपछि उनका श्रीमान भने आफ्नो छोरोलाई च्यापेर आसुमा डुबेर बस्न थालेका छन् । यो वर्षाको वास्तविक जीवनको यथार्य कथा भने होइन । न वर्षा विवाहित हुन् न त उनले डिभोर्स नै मागेकी हुन्, यो त चलचित्र ‘जात्रा’ को कथाको एक अंश हो । 
कात्तिक २६ गते रिलिज हुन लागेको चलचित्र ‘जात्रा’ को एक दृश्य हो । जहाँ वर्षाका श्रीमान्का रुपमा अभिनय गरेका विपिन कार्की (भस्मे) पैसाका लागि दुई नम्बरी धन्दामा लागेपछि उनलाई प्रहरीले खोजिरहेको हुन्छ । सँधै प्रहरीबाट भाग्दै र लुक्दै हिड्नु परेपछि विपिन मात्रै होइन वर्षालाई समेत तनाव हुन्छ । यस्तो अवस्थामा वर्षाले खराव काम गरिरहेका विपिनलाई सच्चिएर पुरानै जीवनमा फर्किन आग्रह गर्दै डिभोर्सको धम्की दिन्छन् । यो दृश्य ‘जात्रा’ले आफ्नो ट्रेलर र क्ल्पिसमा सार्वजनिक गरेको छ । 
प्रदिप भट्टराईले निर्देशन गरेको ‘जात्रा’ मा विपिन र वर्षासँगै रविन्द्र सिंह बानिया लगाायतका कलाकारले अभिनय गरेका छन् । 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १३:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro