site stats
बाह्रखरी :: Baahrakhari
देश
भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब पेन्सन नपाउने !
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले अब निवृत्तिभरण (पेन्सन) नपाउने भएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचारमा दोषी ठहर भएका कर्मचारीले निवृत्तिभरण नपाउने विषयमा सहमति जुटेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार, निवृत्तिभरण पाइरहेको व्यक्ति भ्रष्टाचार, सरकारी वा सार्वजनिक लिखित किर्ते, राज्यविरुद्धको अपराध, लागुऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, शरीर बन्धक, जबरजस्ती करणी, बहुविवाह वा नैतिक पतन देखिने अन्य फौजदारीमा अदालतबाट दोषी ठहरिए निवृत्तिभरण नपाउने विषयमा सहमति जुटेको हो ।

यसअघि, भ्रष्टाचार गरेको पुष्टि भएका अवकाशप्राप्त सरकारी कर्मचारीले पेन्सन खाइरहेको थिए । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४६ मा बहालमा रहेको बेला भ्रष्टाचार गरेको पाइए पूर्वसरकारी कर्मचारीविरुद्ध पनि मुद्दा चलाउन सकिने व्यवस्था छ । तर, अवकाश पाइसकेका कर्मचारीको हकमा के हुने भन्ने उल्लेख छैन ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्