site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से ३२ अंकले घट्यो, सात अर्ब ५७ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३२.३८ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ ।

आज नेप्से परिसूचक २६५५.९४ विन्दुमा बन्द भएको छ । यस दिन सात अर्ब ५७ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार आठ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

नेप्सेका अनुसार आज २८ कम्पनीको सेयर मूल्य बढेको छ । २१७ कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल (तराई)को सेयर मूल्य स्थिर छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रिस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro