site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । चुक्ता पुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन जनता बैंकले त्रिवेणी विकास बैंकलाई गाभ्ने भएको छ । दुई बैंक गाभिने प्रक्रिया धेरै अघि बढेपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बिहीबारदेखि जनता र त्रिवेणीको सेयर कारोबार रोक्का गरेको छ । 
आउँदो असारसम्म चुक्ता पुँजी बढाउनु पर्ने वाध्यात्मक अवस्थामा जनताले त्रिवेणीलाई गाम्न लागेको हो । तिहारअघि जनताको प्रतिसेयर ३८७ रुपैयाँ र त्रिवेणीको प्रतिसेयर ३४६ रुपैयाँमा कारोबार भएको थियो । जनताको चुक्ता पुँजी २ अर्ब ६ करोड र त्रिवेणीको १ अर्ब २३ करोड रुपैयाँ छ । 
जनताले चुक्ता पुँजी बढाउन आउदो मंसिर १ गतेदेखि २ कित्ता बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर निश्कासनको तयारी गरेको छ । बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको १ करोड ३ लाख कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । निश्कासन बन्द हुने मिति पुस ५ गते सम्मलाई तोकिएको छ । हकप्रद सेयर निश्कासनपछि र त्रिवेणीलाई गाभेपछि जनताको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ हारहारीमा पुग्नेछ । असारसम्म चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।  
यसैगरी संस्थापक र सर्वसाधारणको लगानी संरचना परिवर्तन गरेको बैंकले जनाएको छ । जसअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रति सर्वसाधारणको स्वामित्व रहनेछ । बैंकले आर्थिक वर्ष ०७५÷०७६मा चुक्ता पुँजी बढाएर ९ अर्ब ४४ करोड ८० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । आउँदो असारसम्म बैंकले निक्षेप परिचालन ४० अर्ब ४२ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । 
आउँदो असारसम्म बैंकले ५४ करोड १६ लाख रुपैयाँ खुद नाफा गर्ने लक्ष्य लिएको छ । यस्तै आव ०७५÷०७६ मा खुद नाफा १ अर्ब रुपैयाँ लक्ष्य लिएको बैंकले जानकारी दिएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro