site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ वर्षको अवसरमा साइमेक्स इंकले ल्यायो ०–५–१० अभियान

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डस्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ग्राहक केन्द्रित विशेष अभियान ०–५–१० को घोषणा गरेको छ । यो योजनाले प्रत्येक बीवाईडी ग्राहकलाई दीर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको भनाइ छ ।  

सीमित समयका लागि प्रदान गरिने नयाँ वर्ष अफरअन्तर्गत बीवाईडी गाडी बुक गर्ने ग्राहकले ५ वर्षसम्म शून्य सर्भिसिङ मूल्य र १० वर्ष वा २ लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टी सेवा पाउनेछन् ।

५ वर्षसम्म शून्य सर्भिसिङ मूल्यअन्तर्गत ग्राहकले निःशुल्क स्ट्यान्डर्ड वार्षिक मर्मत प्याकेज प्राप्त गर्न सक्नेछन् । जसमा लेवर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन आयल, ब्रेक आयल, एलभी ब्याट्री, कुलेन्ट लगायतका कन्जुमेबल समावेश हुने कम्पनीले जनाएको छ । 

कम्पनीले सिफारिस गरेको सर्भिस तालिका अनुसार पाँच वर्षसम्मका लागि यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

१० वर्ष वा दुई लाख किलोमिटरको एक्सटेन्डेड वारेन्टीअन्तर्गत प्रत्येक ग्राहकले ब्याट्री र मोटरमा १० वर्ष वा २ लाख किलोमिटर मध्ये जुन पहिले आउँछ, त्यही वारेन्टी सुविधाको फाइदा पाउनेछन् ।

यो ईभी उद्योगमै सबैभन्दा धेरै पाइने वारेन्टी हो, जसले गुणस्तरीयता, विश्वसनियता र ग्राहक सन्तुष्टिप्रति बीवाईडीको दीर्घकालीन प्रतिबद्धतालाई पुनःपुष्टि गर्दछ ।

०–५–१० अभियान आगामी २०८१ वैशाख ३१ सम्म गाडी बुकिङ गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ । बीवाईडीका नेपालभर उपलब्ध सबै मोडलमा यो योजना लागु हुने कम्पनीले जनाएको छ ।

सो अभियान घोषणा वारेमा बोल्दै साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले नयाँ वर्षमा पदार्पण गर्दै गर्दा हामीले हाम्रा ग्राहकका साथ कार मात्र नभई एक दशकसम्मको एस्योरेन्सर र केयर समेतको उत्सव मनाउन कम्पनीले चाहेको बताए ।

“०–५–१० अभियान एउटा अफर मात्र होइन, यो सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको संक्रमणका लागि हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतिविम्ब पनि हो । हामीप्रति ग्राहकले गर्नुभएको लगातारको विश्वासका लागि हामी उहाँहरुलाई धन्यवाद दिन चाहन्छौ र हरित भविष्यका लागि साथै अगाडि बढ्ने आशा गर्दछौ,” गौतमले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro