प्रविधि
काठमाडौं । समाजिक संजाल फेसबुकको प्रयोगले मानिसको आयु बढ्न सक्ने एक अध्ययानले देखाएको छ ।
प्रयोगकर्ताले अनलाइनमा वास्तविक संसारसँग समाजिक सम्बन्ध स्थापित गर्ने वा कायम राख्ने तथा बृद्धि गरेको खण्डमा मात्र त्यो सम्भव हुने भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।
हालै १२ मिलियन समामाजिक संजाल प्रयोगकर्तामा गरिएको अध्ययनले उक्त निष्कर्ष निकालेकोे हो ।
उक्त अध्ययनले हाम्रो समाजमा पनि जसको समाजिक सम्बन्ध तथा घुलमिल राम्रो छ उसको जीवनकाल लामो हुने प्रमाणीत भएको भन्दै अनलाइन संसारमा पनि त्यही लागु हुने उल्लेख गरिएको छ ।
“अनलाइनमा हुने गतिविधिहरु यदी अनलाइन भन्दा बाहिरको संसारमा हुने कुराकानी जस्तै सन्तुलित र परिपूरक हुने हो भने त्यस्ता कुराकानीहरु लाभदायक हुन सक्छन्,” युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगोका पीएचडीका छात्र विलियम हब्सले अध्ययनको अवधिमा भनेका थिए ।
तर, बिना कुनै अन्तरक्रिया लामो समय अनलाइन बिताएकै भरमा भने त्यो लागु हुने छैन ।
“यदी लामो समय बिना कुनै अन्र्तक्रिया यसको प्रयोग धेरै गर्दछ भने उसमा यसको प्रतिकूल प्रभाव पनि पर्न सक्छ’, हाल नर्थइस्टर्न युनिभर्सिटीमा पोस्टडक्टोरलका छात्र हब्सले थपे ।
“प्रयोगकर्ताले सन्तुलित रुपले फेसबुक प्रयोग गरेको खण्डमा यसबाट हुने खतरा पनि कम देखिनु खुशीको कुरा हो,” सान डिएगोका प्रोफेसर जेम्स फाउलरले भने ।
यो अध्ययनमा ६ महिनाको अवधिमा भएका अनलाइन गधिबिधि समाबेस गरिएका थिए । यसमा मृत्यु भइसकेकासँगको अनलाइन गतिबिधी र मृत्यु नभएकासँगको अनलाइन गतिबिधीको तुलनात्मक अध्ययन गरिएको थियो ।
यसमा सन् १९४५ देखि १९८९ बीच जन्मेका उस्तै उमेर र लिङ्गका मानिसबीच तुलना गरेर अध्ययान गरिएको थियो ।
जो फेसबुकमा जोडिएका छन् उनीहरु नजोडिएकाको तुलनामा बढी बाँच्छन् भन्ने यसको पहिलो निष्कर्ष थियो ।
यसमा अध्ययन गरिएको बर्षमा फेसबुक प्रयोगकर्ता नगर्नेका तुलनामा १२ प्रतिशत ढिलो ज्यान गुमाउने सम्भावना कम रहेको पाइएको छ ।
यस अध्ययनमा अनुसनधान कर्ताहरुले के फेसबुकमा धेरै सक्रिय हुने बढी बाँच्छन् त ? भनेर फेसबुक प्रयोगकर्ताको साथीको संख्या, स्टाटस अपडेट तथा उनीहरुले फोटो अपलोडको संख्या, वाल पोस्टको संख्या, पठाइएको सन्देशको संख्यालाई बिश्लेषण गरिएको बताइएको छ ।
यो अध्ययन पीएनएएस पत्रिकामा प्रकाशित भएको थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३ १३:०२
प्रतिक्रिया दिनुहोस्