पुनर्निर्माण
काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको पहिलो बैठक शुक्रबार बस्यो ।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा समितिका संयोजक सुशील ज्ञवालीले पुनःनिर्माणमा भएका प्रगति र त्यसमा देखा परेका चुनौतीबारे प्रस्तुति गरेका थिए । बैठकमा भारतीय सरकारका प्रतिनिधि, चिनियाँ दूतावासका अधिकारी, विश्व बैंक र एसियाली विकास बैंकका नेपालस्थित प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, गैरसरकारी संस्था संघका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो ।
उक्त बैठकले प्रत्येक दुई महिनाको कम्तिमा एकपटक समितिको बैठक बस्ने निर्णय गरेको छ । समितिको कार्यविधि तथा संरचनाको सम्बन्धमा आवश्यक गृहकार्य गरी आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
पुनःनिर्माण तथा पुनस्र्थापना कार्यका निम्ति भूकम्प लगत्तै भएको अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त भएको मध्ये हालसम्म करिब २ खर्ब ७८ अर्ब रुपैयाँ सहयोग सरकार एवं दातृ निकायसँग सम्झौता भएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १७:०९
प्रतिक्रिया दिनुहोस्