अर्थ व्यवसाय
काठमाडौं । आइतबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार पनि झण्डै १८ अंकले घटेको छ । आइतबार १२ र सोमबार १३ अंकले बजार घटेको थियो । तीन दिनको अवधिमा ४३ अंक घटेको छ ।
सेयर बजार लगातार घटेपछि नेप्से परिसूचक १ हजार ७५१ मा सिमित भएको छ । मंगलबार बैंकिङ, जलविद्युत, होटल, विकास बैंक, वित्त कम्पनी, उत्पादनमुलक र विमा समूहको सेयर मूल्य घटेको छ । मंगलबार सबैभन्दा बढी विमाको सेयर मूल्य १३३ अंक घटेको छ । यस्तै बैकिङकको १९.४६, होटलको ३५.६३, विकास बैंक १७.४३, जलविद्युत ०.५१ र वित्तको २.९ अंक घटेको छ ।
मंगलबार बजार घटेसँगै कारोबार रकममा पनि गिरावट पनि आएको छ । मंगलबार ७३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार सबैभन्दा बढी स्ट्यान्डर्ड चाटर्ड बैंकको ६ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । स्ट्यान्डर्डको सेयर मूल्य ३ हजार ४६८ रुपैयाँमा कारोबार भएको छ । सेयर बजार घटेपछि लगानीकर्ताले झण्डै १८ अर्ब रुपैयाँ गुमाएका छन् । मंगलबार बजार पुँजीकरण घटेर १९ खर्ब ४३ अर्ब रुपैयाँमा सिमित भएको छ । सोमबार घटेर १९ खर्ब ६० अर्ब ३४ अर्ब रुपैयाँमा सिमित भएको थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १७:०१
प्रतिक्रिया दिनुहोस्