site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
पोखरा । पछिल्लो पुस्तामा ढाकाटोपी लगाउने क्रम घट्दै गए पनि तिहारका कारण यतिखेर पोखरामा ढाकाटोपीको व्यापार उत्साहजनक रुपमा बढेको छ । 
पसलमा ढाकाटोपी किन्न आउनेको चाप देखिन्छ । अघिपछि ढाकाटोपी नलगाए पनि तिहारमा लगाएर दिदीबहिनीसँग टीका थाप्ने चलनका कारण ढाकाटोेपीको माग अत्यधिक बढेको हो । तीन दशकयता पोखरामा ढाकाटोपीको व्यापार गर्दै आएका राजेशमान पालिखे पछिल्ला समयमा युवा पुस्ताले ढाकाटोपी लगाउन छाडिसकेको बताउछन् । 
“पछिल्ला वर्षमा ढाकाटोपी लगाउने चलन हराउँदै गएको छ,” उनले भने । विशेष गरी तिहार, अन्य चाडपर्व, विवाह, व्रतबन्धमा मात्र ढाकाटोपीको खोजी हुनेगरेको छ । तिहारको समयमा रु २५ लाखदेखि रु ३० लाखसम्मको कारोबार हुने गरेको पालिखेले बताए । “वार्षिक रु एक करोडसम्मको व्यापार हुन्छ,” उनले भने ।  
सामान्यतः रु ३५ देखि रु पाँच हजार दुई सयसम्मका ढाकाटोपी बिक्री हुने गरेको छ । पोखरामा दौरा सुरुवाल लगाउनेतर्फ भने विस्तारै आकर्षण बढ्न थालेको छ । “बालबालिकालाई ढाकाको दौरा सुरुवाल बनाएर लगाइदिने चलन बढ्दै गएको छ,” चिप्लेढुङ्गाकी ढाका पसल सञ्चालिका कोकिला जोशीले भने ।  बिबाह ब्रतबन्धलगायत कार्यक्रममा ढाकाका कपडाको खोजी हुन्छ । 
पोखरामा विशेष गरी दमक, धरान, तेह्रथुम, बुटवल लगायतका ठाउँबाट ढाकाको कपडा आयात गरिन्छ । पाल्पाबाट आयात गरिने ढाकाको कपडाबाट चोलो, ब्लाउज, सल आदि निर्माण गरिन्छ । ठूलाबडा तथा मान्इजनबाट टोपी लगाएर टिका थाप्ने र आशिर्वाद लिने चलन भएपनि ढाकाटोपी नै लगाउनु पर्छ भन्ने कतै उल्लेख नरहेको संस्कृतिविद् सत्यमोहन जोशी बताउछन् । उनका अनुसार बंगलादेशको राजधानी ढाकाबाट ढाकाको कपडा बुन्ने प्रचलन सुरु भएको र त्यसले विस्तारै अन्य देशमा स्थान पाएको हो । रासस 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३  १६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro