राजनीति
काठमाडौं । व्यवस्थापिका–संसद्को मंगलबार बसेको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
त्यसअघि, बैठकमा प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पुष्पकमल दाहालका तर्फबाट कानुनमन्त्री अजयशङ्कर नायकले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए ।
त्यस्तै, बैठकले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक २०७२ लाई पनि दफावार छलफलका लागि समितिमा पठाउन सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ । त्यसअघि, बैठकको प्रारम्भमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मन्त्रालयको कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाएकी थिइन् । रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १५:२५
प्रतिक्रिया दिनुहोस्