site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनर्कर्जाको उपयोग बढेको छ । 
चालु आर्थिक वर्षको २ महिनामा झण्डै २ अर्ब रुपैयाँ पुनर्कर्जाको उपयोग भएको छ । जसअनुसार साधारण पुनर्कर्जा १ अर्ब ६१ करोड ५२ लाख र निर्यात कर्जा  ३७ करोड ४४ लाख गरी.१ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ उपयोग भएको छ । अघिल्लो वर्षको सोही अवधिमा साधारणमा ६१ करोड ८० लाख र निर्याततर्फ ५ करोड ३० लाख गरी कुल ६७ करोड १० लाख रुपैयाँ मात्र उपयोग भएको थियो । भूकम्प पीडितलाई राहत प्रदान गर्न नेपाल राष्ट्र बैंकबाट शुन्य प्रतिशत ब्याजमा पुनर्कर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत भदौसम्म ११ करोड ७८ लाख कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा कुल कर्जाको २० प्रतिशत लगानी गर्नुपर्ने नीतिगत व्यवस्था अनुसार चालु आवको २ महिनमामा बैंकको यस्तो कर्जा अनुपात १६.६३ प्रतिशत पुगेको छ ।  अझै ३.५७ प्रतिशत लगानी गर्न बाँकी छ ।
नेपाल राष्ट्र बैंक ऐन संशोधन भई पुर्नकर्जा सुविधा ६ महिनाबाट बढाएर १ वर्ष पुर्याइएको छ । 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro