राजनीति
काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले दुई दिनअगाडि बर्खास्त गरिएका चार मन्त्रीलाई पुनर्बहाली गर्ने भएको भारतको समाचार अनलाइन एनडिटिभीले जनाएको छ ।
दुई दिनअगाडि (आइतबार) अखिलेशले उनका काका शिवपाल यादवसहित नारद राय, शादाब फातिमा तथा ओमप्रकाश सिंहलाई मन्त्रीबाट बर्खास्त गरेका थिए ।
यस विषयमा उनका पिता तथा समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादवले उनको निर्णयलाई लिएर झपारेपछि यस्तो निर्णय गरेको बताइएको छ । यसैबीच मुलायम सिंह यादवको घरमा शिवपाल तथा अखिलेश यादव दुवैलाई बोलाएर आफ्नो घरमा बोलाएर बैठक राखेको बताइएको छ । यसअघि शिवपाललाई अखिलेशलाई उनको घरमा भेट्न जाँदा भेट नदिएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७३ १४:४९
प्रतिक्रिया दिनुहोस्