site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एन्फा अझै कार्यवाहक अध्यक्षमै, अध्यक्ष निर्वाचन अनिश्चित
 
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि निर्वाचन अझै अनिश्चित बनेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तत्कालीन अध्यक्ष गणेश थापालाई निलम्बित गर्दै अध्यक्षको निर्वाचन गर्न निर्देशन दिए पनि फिफाको निर्देशन कार्यन्वयनमा ढिलाइ भएपछि एन्फा अझै केही समय कार्यबाहक अध्यक्षकै भरमा चल्ने भएको छ ।
 
फिफाले गत वैशाखमा एन्फालाई पत्र पठाउँदै १० दिनभित्र अध्यक्ष पदको नयाँ निर्वाचन तथा निलम्बित पदाधिकारीलाई पुनर्वहाली गर्न निर्देशन दिएको थियो । त्यसपछि एन्फाले गत जेठ २१ गते निलम्बनमा परेका तीन उपाध्यक्ष कर्मा छिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राईलाई तथा सदस्य पङ्कजविक्रम नेम्वाङलाई पदस्थापन गरेको थियो  । तर, एन्फाले अध्यक्षको निर्वाचन अझै गर्न सकेको छैन ।
 
फिफाले चाँडै निर्वाचन गर्न निर्देशन दिए पनि एन्फाको कार्यसमिति डाक्ने विषयमा दुई समूह (निलम्बित र संस्थापन) बीच विवाद कायमै रहेकाले  अध्यक्ष निर्वाचन कार्यन्वयनमा ढिलाइ भएको हो । एन्फाका सीईओ इन्द्रमान तुलाधरका अनुसार कार्यसमिति बैठक बोलाउने विषयमा पुनर्वहाली भएका पदाधिकारी र संस्थापन पक्षबीच संविधानमा कुरा मिलेको छैन ।
 
“निर्वाचन गर्ने विषयमा छलफल चलिरहेको छ तर कार्यन्वयनबारे अहिलेसम्म ठोस निर्णय भएको छैन,” सीईओ तुलाधरले बाह्रखरीसँग भने, “छलफल जारी रहेद पनि कार्यसमिति बैठक र साधारणसभाको विषयमा विधानमा विवाद रहेको छ । त्यहि कारण यस विषयमा ढिलाई हुँदै आएको छ ।”
 
फिफाको इथिक्स कमिटीले भ्रष्टाचार अभियोगमा गत वर्षको कात्तिकमा अध्यक्ष थापालाई फुटबलका सबैखाले गतिविधिबाट १० वर्षको प्रतिबन्ध र झन्डै २१ लाख रुपैयाँ जरिवाना गरेपछि अहिले एन्फा कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको भरमा चलिरहेको छ । 
 
तर, सीईओ तुलाधरको अनुसार नयाँ निर्वाचनबारे टुंगो कार्यबाहक अध्यक्ष श्रेष्ठ शुक्रबार नेपाल आएपछि टुंगो लाग्नेछ । एन्फा कार्यवाहक अध्यक्ष एसियाली फुटबल महासंघ (एएफसी) को बैठकमा भाग लिन सोमबार मलेसियातर्फ लागेका छन् ।
 
“अध्यक्ष पदको निर्वाचन अहिले हुन्छ भन्ने छैन । आज मात्रै कार्यवाहक अध्यक्ष एएफसीको बैठकमा जानु भएको छ,” एन्फाका सीईओ इन्द्रमान तुलाधरले थपे, “अब कार्यबाहक अध्यक्ष आएपछि केही निर्णय हुन्छ ।” 
 
फिफाले अध्यक्ष पदका लागि १० दिनभित्र निर्वाचन गर्न निर्देशन दिए पनि एन्फाको विधानअनुसार प्राविधिक कठिनाई हुने भन्दै फिफालाई केही समय थप गर्न माग गर्दै पत्र पठाएको थियो । त्यस विषयमा फिफाबाट जवाफ नआए पनि फिफाले त्यो स्वीकार गरेको एन्फा पदाधिकारीको भनाइ छ । एन्फाको विधानमा नयाँ निर्वाचन गर्न एन्फाको कार्यसमिति बैठकले साधारणसभाको टुंगो लगाउनु पर्ने नियम छ । विधान अनुसार कार्यसमिति बैठक डाक्न र सबै पदाधिकारीहरुलाई पत्राचार गर्न १४ दिनको समय चाहिन्छ । त्यसपछि सोही कार्यसमिति बैठकले साधारणसभबाट नयाँ अध्यक्ष चुन्नेछ । एन्फाले २०७० कात्तिकमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको थियो ।
 
यता,  पुनर्वहाली परेका एन्फाको अर्को पक्ष भने विधानमा विवाद नरहेको तर साधारणसभाबाट निर्वाचन प्रक्रिया लम्बाएर संस्थापन पक्षले नेपाली फुटबललाई अनिन्त्रित गर्न खोजेको आरोप छ । निलम्बनमा परेर गत जेठमा मात्र पुनर्वहाली भएका उपाध्यक्ष कर्मा छिरिङ्ग शेर्पा एन्फाको सस्थापन पक्षले फिफाको निर्देशन अटेर गर्दै एन्फामा सामान्य नभएसम्म कमिटी बनाओस भन्ने चाहेको बताउँछन् ।
 
“हामी चाँडै निर्वाचन गर्दै एन्फाको सबै विवाद टुंगाउन चाहान्छौँ । कार्यसमिति बैठक बोलाउने विषयमा मतभिन्नता छैन तर, उहाँहरु त्यसबारे चिन्तित हुनुहुन्न,” कर्मा छिरिङ्ग शेर्पाले भने, “हामीहरुले हिजो मात्र यो विषयमा कुरा राखेका थियौं । तर, उहाँहरु ठोस निकास दिन तयार हुनु भएको छैन । उहाँहरु एन्फामा फिफाले नर्मलाईजेसन कमिटी बनाएको हेर्न चाहन्छन् ।” शेर्पाका अनुसार फिफाले निर्वाचन गर्न निर्देशन दिए पनि एन्फाले अहिलेसम्म कुनै पनि सदस्यलाई पत्र नपठाएको बताए ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७३  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro