site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
घटना क्रम
Global Ime bankGlobal Ime bank
नुवाकोटको मेघान जंगलमा हेलिकोप्टर दुर्घटना, ६ जनाको मृत्यु, एकजनाको जीवितै उद्धार 
SkywellSkywell

काठमाडौं । नुवाकोटको मेघान जंगलमा शनिबार बिहान अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा पाइलटसहित ६ यात्रुको मृत्यु भएको छ भने एकजना यात्रुको जीवितै उद्धार गरिएको छ । नुवाकोटका प्रहरी प्रमुख बसन्त कुँवरले ६ जनाको शव फेला परेको एकजनाको जीवितै उद्धार गरिएको जानकारी दिए ।

घाइते आनी डोल्मालाई ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुँदैछ । ५५ सय मिटर उचाइमा रहेको उक्त हेलिकोप्टर ल्यान्ड हुन नसक्दा दुर्घटनामा परेको हुन सक्ने आशंका गरिएको छ ।
उक्त हेलिकोप्टर धादिङ र नुवाकोटको सिमानामा रहेको मेघानमा दुर्घटनामा परेको थियो ।

Dabur Nepal
NIC Asia

हेलिकोप्टर बिहानै पौने ८ बजे सम्पर्कविहीन भएको थियो । दुर्घटनामा बाँच्न सफल एकमात्र यात्रु डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । प्रतिकूल मौसमका कारण शवहरु भने काठमाडौँ ल्याउन नसकिएको उनले जानकारी दिए ।

दुर्घटनामा चालकसहित सात जना रहेकोमा डोल्माबाहेक छ जनाको मृत्यु भइसकेको छ । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको थियो । 

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेको प्रहरी चौकी सामा गाउँ गोरखाले जनाएको छ । प्रहरीका अनुसार हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु ९राहदानी नम्बर टिके ७१३६१२०६८०, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  ०५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro