काठमाडौं । बिम्स्टेक सम्मेलनमा सहभागी हुन आज तीन देशका प्रधानमन्त्री काठमाडौं आउँदैछन् । त्यसमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद काठमाडौं आइपुगेका छन् ।
उनीहरुलाई त्रिभूवन विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।
मोदी प्रधानमन्त्री भएपछि चौथोपटक नेपाल आएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहान काठमाडौं आइपुगेका हुन् । भारतीय वायुसेवाको विशेष विमानमार्फत उनी काठमाडौं आइपुगेका हुन् । उनी आउनुभन्दा १५ मिनेट अगाडिबाट सबै उडान तथा अवतरण बन्द गरिएको थियो ।
बंगलादेशका प्रधानमन्त्री शेख हसिना पनि केहीबेरअघि काठमाडौं आइपुगेकी हुन् । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान वचा शेख पनि केहीबेरमा आउँदैछन् । आज र भोलि दुईदिनसम्म चल्ने बिमस्टेकको अहिले दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।