site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अझै सुरु भएन अनेरास्ववियु (क्रान्तिकारी)को बन्दसत्र

काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन अन्तर्गतको बन्दसत्र अझै सुरु हुन सकेको छैन । बिहान ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्रको समय ११ बजेका लागि सारिएको थियो । तर, बन्दसत्र दिउँसो २ बजेसम्म सुरु भइसकेको छैन । 

लगातार भइरहेको वर्षाले बन्दसत्रमा केही मात्रामा प्रभावित गरेको छ । केही प्रतिनिधिहरु आइपुग्न बाँकी छ । तयारीका लागि अनौपचारिक छलफल भइरहेकाले बन्द सत्र सुरु हुन ढिलाइ भएको उपाध्यक्ष तथा प्रवक्ता जिपी मैनालीले जानकारी दिए ।
 
“पानीले पनि प्रभावित पारेको हो,” उनले भने, “तयारीका लागि अनौपचारिक छलफल गरिरहेका छौँ ।” आज विधान प्रतिवेदन प्रस्तुत र छलपल गर्ने तयारी छ । 

उद्घाटनसत्रको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार उद्घाटन गरेका थिए । 

नेतृत्वका आकांक्षीको लर्को 
नेतृत्वका लागि आकांक्षीहरूको लर्को लागेको छ । हालका १९ उपाध्यक्षमध्ये एकजना अमेरिकामा छन् । बाँकी १८ र एक  महासचिव अध्यक्षका दाबेदार हुन् । 

उपाध्यक्षहरू पवन कार्की, इन्द्र भुसाल, जिपी मैनाली, नारायण खनाल, क्षितिज सापकोटा, मदन भट्टराई, मदन भूल, अमरजंग शाही, तुकमान महरा, केशव रावल, नरेश रेग्मीलगायत आकांक्षी छन् । 

महासचिव दिपेश पुनले पनि अध्यक्षको दाबी गरेका छन् । उनीमाथि सुन तस्करी र सहकारी ठगीको आरोप छ ।

आकांक्षीमध्ये केहीलाई पार्टीका पदाधिकारीको साथ छ । स्रोतका अनुसार पुनलाई उपमहासचिव वर्षमान पुनको साथ छ । त्यसबाहेक भुसाल र रावल वर्षमान पक्षका हुन् । 

पवन कार्कीलाई वरिष्ठ उपाध्यक्ष बनाउन नारायणकाजी श्रेष्ठको साथ छ । पञ्चासिंह अध्यक्ष भएका बेला उनले समानान्तर कमिटी सञ्चालन गरेका थिए ।  

अर्का उपमहासचिव जनार्दन शर्मा पक्षका भूल, खनाल, सापकोटा, भट्टराई, शाहीलगायत छन् । त्यसमध्ये भूल वा भट्टराईलाई जनार्दनको साथ रहने आँकलन नेताहरूको छ ।
  
रेग्मी भने महासचिव देव गुरुङ निकट मानिन्छन् । उपमहासचिव शक्ति बस्नेतले महरालाई साथ दिने नेताहरूको भनाइ छ । 

पार्टी अध्यक्ष प्रचण्डले भने कसैप्रति संकेत गरिसकेका छैनन् । केही नेताहरू हेडक्वाटरकै उमेदवार बन्ने लविङमा छन् । हालका उपाध्यक्ष तथा प्रवक्ता मैनालीलगायत त्यसको तयारमा रहेको बताइन्छ ।

उनले आफू अध्यक्षको स्वभाविक उमेदवार रहेको बताए । केन्द्रीय समितिमा नै रहेर १६ वर्ष काम गरिसकेकाले आफू अध्यक्ष बन्नुपर्ने उनको भनाइ छ । 

पार्टी अध्यक्ष प्रचण्डले सहमतिको प्रयास नभए चुनाव गर्न भनिसकेका छन् । उद्घाटन सत्रमा उनले गुटबन्दी नगर्न आग्रह गर्र्दै विद्यार्थी नेताहरूले आग्रह गरे मात्रै पार्टीले भूमिका खेल्ने बताएका छन् । 

२१ औं राष्ट्रिय सम्मेलनमा निर्वाचन भएको थियो । रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए । त्यसपछि पञ्चा तामाङ अध्यक्ष बनिन् । त्यतिबेला चुनाव भएन । अहिले भने चुनाव नै हुनुपर्ने पक्षमा उनीहरू छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro