खेल
काठमाडौं । इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुद प्रतियोगितामा भारोत्तोलनतर्फ नेपालका कमलबहादुर अधिकारी छैटौं भएका छन् । एसियाली खेलकुदमा छैटौं भएका कमलले यसअघिको आफ्नो राष्ट्रिय कीर्तिमान भङ्ग गरेका हुन् ।
एसियाली खेलको मार्चपासमा नेपाली झण्डा बोकेका अधिकारी दक्षिण एशियाली खेलकुद सागका स्वर्ण पदक विजेता हुन् । ६९ केजी तौल समूह स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरि तीन राष्ट्रिय कीर्तिमान उनले बनाएका छन् ।
अधिकारीले स्न्याचमा ११९, क्लिन एण्ड जर्कमा १६० केजी तौल गरि कुल २७९ तौल उठाउँदै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । आफ््नै नाममा रहेको यसअघिको राष्ट्रिय कीर्तिमान पनि अधिकारीले भङ्ग गरे ।
प्रकाशित मिति: बुधबार, भदौ ६, २०७५ १६:२९
प्रतिक्रिया दिनुहोस्