site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा धुलोधुवाँले छालाको समस्या बढाउँदै, सचेत रहन विशेषज्ञको आग्रह  

काठमाडौं । बढ्दो धुलोधुवाँले छालालाई गम्भीर असर पार्नसक्ने भएकाले सचेत रहन छाला रोग विशेषज्ञहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा. अनुप बास्तोलाले नेपालमा स्वास्थ्य संस्थामा बहिरंग सेवाअन्तर्गत उपचार गराउन आउनेमध्ये २० देखि ३० प्रतिशत छालाका बिरामी हुने गरेको बताए । 

“धेरैले छालाका समस्यालाई गम्भीर रुपले नलिने गरेकाले छालामा विभिन्न एलर्जी हुने, उमेरभन्दा बुढो देखिने, चाउरी पर्ने, दागधब्बा आउने, अनुहार तथा कपाल सुख्खा हुने र छालाको सौन्दर्यपन हराएर जानेजस्ता समस्या देखापर्छ,” उनले भने “यस्तो समस्याहरु बढ्दै गएमा छालाको क्यान्सर देखिन सक्छ ।”

वरिष्ठ छालारोग विशेषज्ञ प्रा.डा.दिनेश पोखरेलले वातावरणीय प्रदूषण, जथाभावी औषधीको प्रयोग र अस्वस्थकर खानपान लगायतका कारणले छालाका समस्या बढेको बताए । 

“पछिल्लो समय चायापोतो, डन्डीफोर, दाद, संक्रमण, दुवीलगायतका छालाको समस्याहरु बढी देखिने गरेको छ,” उनले भने, “आफ्नो छालालाई स्वस्थ राख्न र सुन्दरता बढाउन बजारमा पाइने जुनसुकै क्रिम तथा लोसन प्रयोग गर्नुहुँदैन ।”

काठमाडौं मेडिकल कलेजका सह–प्राध्यापक तथा वरिष्ठ छालारोग विशेषज्ञ डा. सविना भट्टराईले मौसम र भौगोलिक क्षेत्रअनुसार छाला रोगको समस्या फरक फरक हुने बताईन् । उनले भनिन् “पछिल्लो समय शहरीकरणले उब्जाएको फोहर, धुलो, धुवाँ र प्रदूषणले छालालाई गम्भीर असर पारिरहेको छ ।” 

त्यस्तै, नेपालमा बढी देखिने पाँच रोगमध्ये एक छालासम्बन्धी रोग भएको  छालारोग विशेषज्ञ डा.रविन्द्र बास्कोटा बताउँछन् ।  “नेपालमा छाला रोगको समस्या धेरै छ । कूल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै छाला रोग रहेका छन्,” उनले भने, “छालामा सामान्य समस्या देखापर्ने बित्तिकै तुरुन्त चिकित्सकसँग परामर्श लिएर औषधी उपचार गनुपर्छ ।”

वीर अस्पतालका छाला रोग विशेषज्ञ डा. भाष्कर कायस्थले छालाका समस्यालाई सामान्य ठानियो र समयमै सही उपचार गरिएन भने त्यसले पछि क्यान्सरको रुप लिन सक्ने खतरा हुने बताए । 

“नेपालमा दाद,एलर्जी, लुतो ,डन्डीफोर लगातका सबैभन्दा बढि छालाका समस्या देखापर्ने गरेका छन्,” उनले भने । 

नेपालमा छालाको क्यान्सरका बिरामी कम देखिएपनि छालाका रोगी भने बढ्दो क्रममा छ । देशमा कति मानिसलाई छालाको समस्या छ भन्ने यकिन तथ्याँक छैन । 

डा. भट्टराई भन्छिन्, “छालाको क्यान्सर धेरै कारणले हुनसक्छ । एउटा कारण भने घामबाट जलेर पनि हुन्छ । लामो समयसम्म सिधा घामको सम्र्पकमा रही काम गर्ने व्यक्तिलाई यस्तो समस्या हुन्छ ।”

त्यस्तै, आधुनिक जीवनशैली, खानपिन र तनावका कारण पनि छालासम्बन्धी रोग लाग्छ ।  गर्मीको समयमा घाममा हिँड्दा घामको विकिरणबाट छालालाई जोगाउनुपर्ने चिकित्सक बताउँछन् । त्यसका लागि अनुहार छोप्ने कपडा, घाम छेक्ने चस्मा र टोपी आदि प्रयोग गर्नुपर्छ ।  हरेक तीन घन्टाको फरकमा अनुहारको छालाको प्रकृति हेरी विशेषज्ञको सल्लाहमा सनस्क्रिम लगाउनुपर्ने चिकित्सकहरु बताउँछन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १२, २०७५  ०५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro