site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रद्धाञ्जली दिन पुगेकाहरुले यसरी सम्झे डा. देवकोटालाई

काठमाडौं । हिजो (सोमबार) निधन भएका डा. उपेन्द्र देवकोटालाई विभिन्न क्षेत्रका व्यक्तिहरुले बाँसबारीस्थित न्युरो अस्पतालमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । देवकोटालाई श्रद्धाञ्जली दिन उच्चपदस्थ व्यक्तिदेखि सर्वसाधारणको ठूलो भीड लागेको छ । डा. देवकोटाको इच्छाअनुसार नै उनको निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको थियो । 

डा. देवकोटालाई श्रद्धाञ्जली दिन पुगेका सबै शुभेच्छुकका आँखा रसाएका थिए । शुभेच्छुककै भीडमा थिइन् तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइराला । उनी एउटा हातमा फूलको  गुच्छा बोकेर अर्को हातले साडीको सप्कोले आँखा पुच्दै उपेन्द्र देवकोटाको पार्थिव शरीर क्षेउमा पुगिन् । श्रद्धाञ्जली दिइन् र मिनेट मौन धारण गरिन् । त्यसपछि पनि उनका आँखामा आसु रोकिएन । देवकोटाको पार्थिव शरीर छेउमा उनकी श्रीमति डा. मधु र छोरीहरु मेधा, बसुधा र मञ्जरी थिए  । उनीहरुलाई अँगालो हालेर भक्कानिइन् कोइराला । 

धैरै समयसम्म पनि उनले आफ्नो आँशु रोक्न सकिनन् । उनले डा. देवकोटासँगका सम्झना सुनाइन्, “२००३ मा डा. देवकोटा र म एउटै मन्त्रीमण्डलमा थियौं । उहाँ र म स्वास्थ्यको वार्तामा सँगै बसेका थियौं  । उहाँ एकदम अनुशासित र कहिलै कसैलाई केही नभन्ने व्यक्ति हुनुहुन्थ्यो  । त्यहाँदेखि उहाँ र म  राम्रो साथी भएका थियौं । उहाँ र म सँगै बसेर स्वास्थ्य विमा कार्यक्रम ल्याउनुपर्छ भनेर विधेयकसमेत ल्याएका थियौं । उहाँजस्तो सर्जनको देशले खाँचो महसुस गरेको छ ।”

श्रद्धाञ्जलीका लागि पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि आफ्ना सहपाठीलाई सम्झिए, “उहाँले र मैलै अस्कल क्याम्पसमा ८ वर्ष सँगै बिताएका थियौं ।”

अर्का पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले डा. उपेन्द्र देवकोटा स्वास्थ्यमन्त्री हुँदा आफ्नो पेसागत मात्र होइन, अन्य क्षेत्रमा पनि त्यति नै सक्रिय रहेको बताए । “उहाँले धैरै मानिसलाई नयाँ जीवन दिनुभयो तर उहाँलाई बचाउन सकेनौं ।”

वातावणमन्त्री लालबाबु पण्डितले नेपालका सक्रिय कुशल चिकित्सकले राष्ट्र निर्माणमा पुर्याएको योगदानलाई सम्झिनुपर्ने बताए । 

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले नेपाली हुँ भनेर देश र विदेशमा चिनाउन सक्ने शक्ति देवकोटामा भएको बताए । “उहाँ खोज गर्ने राम्रो सर्जन र राम्रो शिक्षक हुनुहुन्थ्यो । हामीले राम्रो चिकित्सक गुमाएका छौं,” उनले भने । 

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले देवकोटाको योगदानलाई प्रेरणाका रुपमा लिएर विभिन्न क्षेत्रको विज्ञ निर्माण गर्नका निम्ति ध्यान दिनुपर्ने बताइन् । 

डा. भगवान कोइरालाले डा. देवकोटाको न्युरो क्षेत्रमा विषेश योगदान रहेको बताए । “न्यूरो क्षेत्रमा नेपालमा विशेषज्ञ कम र भएका विशेषज्ञ पनि विदेश बस्ने प्रवृत्ति बढ्दो छ, तर उहाँ नेपालमा नै केही गर्नुपर्छ  भनेर यहीँ बस्नुभयो,” उनले भने । 

वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्तले डा. देवकोटा एसियाकै अब्बल चिकित्सक रहेको र न्यूरो क्षेत्रमा उनको योगदान सधैं सम्झिइने बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro