site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजधानीमा मृगौलाका बिरामीको चाप, डायलसिस गर्न पालो पर्खिनुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा मृगौलाको डायलसिस गर्ने बिरामीको चाप बढेको छ । जिल्ला अस्पतालहरुले मृगौलाको डायलसिस गर्ने बिरामीलाई काठमाडौं रिफर गर्दा यहाँ  चाप बढेको हो ।

यहाँको सबैभन्दा पुरानो वीर अस्पतालमा मृगौलााको डायलसिस गर्न दैनिक नयाँ तथा पुराना ३० देखि ४० जना बिरामी आउने गरेका छन् । अस्पतालको क्षमता पनि कम भएकाले आएका सबै बिरामीलाई सेवा दिन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालमा  हरेक दिन ८ जनासम्म नयाँ बिरामीले सेवा लिन आउने गरेका तर तिनिहरु सबैलाई सेवा दिन नसकिएको अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले बताए ।

“सरकारले मृगौलाको डायलसिस र प्रत्यारोपण निःशुल्क गरेपछि बिरामीको चाप झनै बढेको छ । थैरै अस्पतालमा १२ वटामात्र हेमोडायलसिस मेसिन भएका कारण मृगौलाको उपचार लिन आएका सबै बिरामीलाई सेवा दिन सकिएको छैनन,” उनले भने, “अस्पतालमा २५ वर्षदेखिका पुराना बिरामी छन् । पुराना बिरामी नहटेसम्म नयाँ बिरामीलाई भर्ना लिन नसकिने अवस्था छ ।” वीर अस्पतालमा जाईकाको सहयोगमा बन्दै गरेको नयाँ भवन १६ महिनापछि निमार्ण कार्य सम्पन्न्न भएपछि अन्य मृगौलाका बिरामीका लागि २५ वटा बेड र उपकरण सेवा थपिने अस्पतालले जनाएको छ ।

अस्पतालकी नेफ्रोलोजी विभागकी प्रमुख डा. रजनी हाडाले दैनिक ४० बिरामीको नियमित मृगौलाको डायलसिस गनुपर्ने र ५ जना बिरामी थपिने बताइन् । “ हाल एउटा उपकरणले दैनिक दुई जनालाई डाइलासिस गरिरहेको छ । २० वर्ष पुरानो मेसिनले ढिलो काम गर्ने र लामो समयसम्म लाग्ने हुँदा धैरैलाई सेवा दिन नसकिएको हो,” उनले भनिन्, “बेड अभावका कारण अल्पकालिन बिरामीलाई अन्य सरकारी अस्पतालमा रिफर गर्ने गरेको छ । ”

त्यस्तै, भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा दैनिक १ सय देखि १ सय ५० जनासम्म बिरामीले डायलसिस गर्ने गरेका छन् । केन्द्रमा हाल ३६ वटा डायलसिस मेसिन तथा उपकरण रहेका छन् । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अहिले अस्पतालमा पर्याप्त उपकरण र विशेषज्ञ भए पनि बेड अभावका कारण आएका सबेै बिरामीलाई सेवा दिन नसकिएको बताए । “अहिले ४० बेड आकस्मिक उपचारका लागि छुट्याइएको छ र अन्य बेडमा बिरामीको चापका कारण सबैलाई सेवा दिन गाह्रो भएको छ,” उनले भने । हालसम्म केन्द्रबाट १ लाख १ हजार ३ सय सयले मृगौलाको डायलसिस सेवा लिइसकेका छन् ।

त्यसैगरी, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दैनिक मृगौलाको डायलसिस गर्नुपर्ने खालका बिरामी ५० जनासम्म आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा उपकरण अभावका कारण हाल मृगौलाको डायलसिस गनुपर्ने ३ सय जना बिरामी पालो कुरेर बसेका अस्पतालको नेफ्रोलोजी विभाग प्रमुख डा. दिव्या सिंहले बताइन् । “हाल अस्पतालमा नेफ्रोलोजी विभागमा ११ वटा उपकरण रहेका छन्,” उनले भनिन्, “अस्पतालमा बिरामीको चापका कारण भएका ११ वटा मेसिनले सबैलाई समयमा सेवा दिन गाह्रो भएको छ ।”

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro