site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । पछिल्लो समय नेपालमा  दीर्घ दमखोकीका बिरामी बढ्न थालेका छन् । प्रदूषणका कारण दमका बिरामी बढेको चिकित्सकहरु बताउँछन् । 

फिजिसियन डा. निरज बमका अनुसार चुरोटको धुवाँ, कलकारखाना र अन्य धुलोको प्रदूषणका कारण दम तथा खोकीको समस्या आउँछ । लामो समयसम्म धुलोधुवाँमा काम गर्ने, धुम्रपान गर्ने, कोइला कम्पनीमा काम गर्ने, दाउरा वा गुइँठाको प्रयोग गर्ने बढी जोखिममा हुने डा .बम बताउँछन् । 

धुम्रपानले गर्ने असरमध्ये दमखोकी एक प्रमुख समस्या भएको शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. करवीरनाथ योगीले बताए । उनले भने, “अहिले नेपालमा २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले धुम्रपान गर्ने अनुमान छ । ३१ प्रतिशत मानिस अरुले धुम्रपान गर्दा निस्केको धुवाँबाट प्रभावित रहेका छन् ।”

KFC Island Ad
NIC Asia

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४ हजार ८ सयको संख्यामा दमखोकीका बिरामी रहेका छन् । करिब ९ लाख ६० हजार नेपालीहरुमा दमखोकी देखिएको विश्व रोगभार सर्वेक्षण २०१६ ले देखाएको छ । जाइकाको तथ्यांकअनुसार विश्वमा प्रतिलाख जनसंख्यामा ३ हजार ६ सय दीर्घ दमखोकीका बिरामी हुने गरेको देखाएको छ ।   नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दीर्घ दमखोकीकै कारण हुने उक्त सर्वेक्षणले देखाएको छ । जसमा १ सय २० प्रतिलाख  महिला र १ सय ३ प्रतिलाख पुरुषमा यस्तो मृत्यु भइरहेको देखिएको छ । दमखोकीका कारण मृत्यु हुनेको संख्या विश्वमा महिला बढी छन् । 
नेपाललगायत विकासोन्मुख मुलुकमा धुम्रपान गर्नेहरूका कारण यस रोगबाट बिरामी बढ्दै गइरहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकामा २ वर्षअघि गरेको अध्ययनअनुसार त्रिवि शिक्षण अस्पताल, पाटन र ओम अस्पतालमा स्वासप्रश्वासका बिरामीहरूको संख्या उच्च रहेको पाइएको थियो । जसमध्ये पहिलो नम्बरमा दीर्घदमखोकी अर्थात् सिओपिडीका बिरामी थिए । 

दमखोकीका बिरामीमध्ये २० प्रतिशतलाई घरबाहिरको धुवाँधुलोको असर भएको पाइएको छ । विश्वभर हाल ८ करोडभन्दा बढी व्यक्ति यस रोगबाट पीडित रहेको अनुमान छ । सन् २०२० सम्ममा यो रोग मृत्युका कारकमध्ये हाल रहेको छैटौं स्थानबाट तेस्रोमा उक्लने अनुमान संगठनको छ ।

Royal Enfield Island Ad

के हो दीर्घ दमखोकी ?
दमखोकीले फोक्सोको मांशपेशीलाई खुम्च्याउँछ । श्वासनलीमा व्यवधान उत्पन्न गर्छ । सास फेर्न अप्ठेरो महसुस हुने, स्वाँस्वा हुने र छाती कस्सिएको महसुस हुन्छ । धुम्रपान गर्ने र धुवाँयुक्त वातावरणमा काम गर्ने व्यक्तिमा लामो समयसम्म देखिने दमखोकी नै दीर्घदमखोकी अर्थात् सीओपीडी हो । फिजिसियन डा. निरज बमका अनुसार धेरै वर्षसम्म फोक्सो र श्वासनलीमा विशेषतः धुलो, धुवाँ पर्यो भने श्वासनलीका भित्ताहरू सुन्निन पुग्छन् । फलस्वरूप, श्वासनली स्थायी रूपमा साँघुरिन पुग्छ र श्वास प्रक्रियामा अवरोध हुन जान्छ । 
यस्तै मधुमेह, मिर्गौला रोग, मुुटुरोगबाट अन्य बिरामी पीडित छन् भने झन् जटिल समस्या उत्पन्न हुन्छ । यस रोगले शरीरका सबै अंग जस्तै– मष्तिक, मांशपेशी, मुटु आन्द्रा, मांशपेशी, मुटु, हाडजोर्नी, फोक्सोलगायत अन्य अंगमा पनि असर गर्छ । 

शिशुदेखि वृद्धवृद्धासम्म पीडित
 

पछिल्लो समय बालबालिकामा पनि दीर्घ दमखोकी देखापर्ने गरेको चिकित्सकहरु बताउँछन् । टिचिङ अस्पतालका दमखोकी रोग विशेषज्ञ डा. निरज बमले गर्भवती महिलाले पनि धुम्रपान गरिरहेमा गर्भमा बसेको शिशुको फोक्सो विकास नहुने बताए । “शिशुमा दीर्घदमखोकी रोग छ भने कम तौलको हुने हुन्छ । सानै उमेरमा फोक्सोको संक्रमण भइरहेमा पछि गएर दीर्घ दमखोकी (सीओपीडी ) हुन्छ,” डा. बमले भने  ।

बालबालिकामा दीर्घ दमखोकी हुँदा विशेषगरी श्वासप्रश्वास नली स्थायी रूपमा साँघुरिन पुग्छ । सास लिँदा प्राकृतिक रूपमा फुल्ने, खुम्चने प्रक्रियामा अवरोध पुग्न गई फोक्सोभित्र पुग्ने अक्सिजनको मात्रामा नै कमी हुन जान्छ । जसले गर्दा बिरामीले नियमित श्वासप्रश्वास प्रक्रियामा बढी बल खर्च गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, दीर्घ दमखोकी ५० वर्षमाथिका वृद्धवृद्धामा हुने गर्छ । धुम्रपान गर्ने मानिसमा कम समयमा नै देखापर्छ भने लामो समयसम्म धुलोधुवाँमा काम गर्ने व्यक्ति, दाउरा वा गुइँठा बाल्दा निस्कने धुवाँले पनि दमखोकीको रोग लगाउन मुख्य भूमिका खेल्ने चिकित्सकहरु बताउँछन् । यो रोग कोइला, सिलिका, म्याग्नेसियमजस्ता धातुका उद्योगमा लामो समयसम्म काम गरी स्वदेश फर्किएका व्यक्ति पनि दीर्घदमखोकी (सीओपीडी)बाट पीडित हुने गरेको वरिष्ठ छाती रोग विशेषज्ञ डा. करवीरनाथ योगीले बताए । “वायु प्रदूषणले सिधै फोक्सोमा असर गर्ने हुदाँ फोक्सो फुल्ने हुन्छ  अनि पछि गएर दीर्घदमखोकी देखापर्छ,” डा. योगीले भने ।

लक्षण 
 

लामो समयसम्म खोकी लाग्ने

बाक्लो खकार आउने

ज्वरो आउने

खकार पहेलो हुने

बालबालिकामा स्वास लिन गाह्रो हुने

छाति दुख्ने

कसरी बच्ने ?
 

धुमपान नगर्ने

धुलोधुवाँबाट बच्ने 

जीवनशैलीमा परिर्वतन गर्ने

बालबालिकालाई सबै खोप दिने

निमोनियाको खोप वर्षमा एक पटक लगाउने

चिकित्सकको सल्लाह अनुसार औषधी नियमित सेवन गर्ने

ज्वरो आउने वा खकार पहेंलो भई छातीमा संक्रमण देखिए तुरुन्तै चिकित्सकहाँ  जाने
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro