काठमाडौं । गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अदालतमा आफैं हाजिर भएका एसएसपी श्याम खत्रीले सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन् ।
मोरङ जिल्ला अदालतमा बिहीबार वयान दिँदै एसएसपी खत्रीले विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफुलाई जानकारी समेत नभएको बताए । खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफुमाथी लागेको आरोप अस्वीकार गरेका छन् । खत्रीले आफुले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बताएका छन् ।
बयानमा क्रममा गोरेले आफुलाई डिआइजी गोविन्द निरौलाको व्यक्ति भन्दै नटेरेको बताएका छन् । श्याम खत्रीले गोरेसँगको संग्लनता अस्वीकार गरेपछि गोरेले भने सबै कुरा एसएसपी खत्रीलाई थाहाँ भएको बयान दिएका थिए । गोरेले बयानका क्रममा खत्रीले सुन प्रतिकेजी ५० हजारका दरले कमिसन लिदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए ।