site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
एसएसपी खत्रीको बयान– गोरेले मलाई टेर्दैनथे, सुनै नभेटी तस्कर भन्न मिल्छ? 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । गायब भएको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा अदालतमा आफैं हाजिर भएका एसएसपी श्याम खत्रीले सुन नै नभेटी सुन तस्कर भन्न नमिल्ने तर्क पेश गरेका छन् । मोरङ जिल्ला अदालतमा बिहीबार बयान दिँदै एसएसपी खत्रीले विमानस्थलबाट सुन तस्करी हुने गरेको कुरा आफूलाई जानकारीसमेत नभएको बताएका छन् । 

खत्रीले सुन तस्करीमा आफ्नो संग्लनता नरहेको बताउँदै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । खत्रीले आफूले एकपटक गोरेलाई हप्काएर पठाएको पनि बताएका छन् । बयानमा क्रममा गोरेले आफूलाई डीआईजी गोविन्द निरौलाको व्यक्ति भन्दै नटेरेको बताएका छन् । श्याम खत्रीले गोरेसँगको संग्लनता अस्वीकार गरे पनि गोरेले भने सबै कुरा एसएसपी खत्रीलाई नै थाहा भएको बयान दिएका थिए ।

गोरेले बयानका क्रममा खत्रीले सुन निकालेबापत प्रतिकेजी ५० हजारका दरले कमिसन लिँदै आफ्नै गाडीमा राखेर बाहिर निकाल्ने गरेको बयान दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro