site stats
बाह्रखरी :: Baahrakhari
खेल
लिभरपुलका फरवार्ड सलाह भन्छन् – मलाई विश्वास छ, म रुस विश्वकपमा हुनेछु

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको फाइनल खेलको दौरान घाइते भएका लिभरपुलका फरवार्ड मोहमद सलाहले रुसमा हुने विश्वकप फुटबल खेल्ने बताएका छन् । काधको चोट बोकेका सलाहले सामाजिक संजालबाट रुस विश्वकपमा इजिप्टको टोलीमा रहने बताएका छन् ।

युक्रेनको किभमा शनिबार राति स्पेनिस क्लब रियल मड्रिडविरुद्ध भएको फाइनलको दौरान सलाह घाइते भएका थिए ।  पहिलो हाफको ३१ औं मिनेटमा रियलका डिफेन्डर सर्जियो रामोससँग बल खोस्ने क्रममा सलाह लडेका थिए ।

सलाह र रामोसको हात एकआपसमा बाधिएपछि दुवै खेलाडी लड्न पुगेका थिए । त्यहि क्रममा ल्यान्डिङ नमिल्दा सलाहले काधमा चोट बोकेका थिए । चोट बोकेपछि सलाह केहि मिनेटपछि मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा लिभरपुल रियलसँग ३ – १ ले पराजित भएको थियो ।

काधको गम्भीर चोट बोकेपछि सलाहले जेठ अन्तिम साताबाट सुरु हुने रुस विश्वकप गुमाउन सक्ने बताइएको थियो । तर, २५ बर्षीय इजिप्टसियन फरवार्ड सलाहले ट्वीटरबाट आफुले रुस विश्वकपमा सबैलाई गर्व महसुस गराउने बताएका छन् ।

Global Ime bank

सलाहले ट्वीटमार्फत लेखेका छन् , “यो एकदमै कठिन रात रहेको थियो तर म लडाकु हु । बाधाका बाबजुत मलाई विश्वास छ कि म तपाईहरुलाई गर्व गराउन रुसमा हुनेछु । तपाईहरुको माया र समर्थन मेरो शक्ति हो जुन म चाहन्छु ।”

आगामी जेठ ३१ गतेबाट सुरु हुने २१ औं संकरणको विश्वकपमा इजिप्ट समूह ए मा रहेको छ । इजिप्टको समूहमा आयोजक रुस, साउदी अरेबिया र उरुग्वे रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १४, २०७५  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu