site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । वीरगञ्जका ६५ वर्षीय राजेशप्रसाद कुर्मीलाई घाँटी दुख्ने समस्या देखापर्यो । उनले नजिकको फार्मेसीबाट औषधी किनेर खान थाले । तर, औषधी सेवन गरेको एक महिनासम्म पनि घाँटी दुख्न ठिक भएन । क्रमिक रुपमा उनको स्वर पनि सुक्दै गयो । उनी वीरगञ्जका विभिन्न अस्पतालमा उपचार गर्दा पनि कुनै रोग पत्ता नलागेपछि काठमाडौं महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगे । अस्पतालमा स्वस्थ्य परीक्षण गरेपछि मात्र चिकित्सकले उनलाई जटिल प्रकारको रोग लागेको बताए । 

“धैरै अस्पताल चाहारियो तर कहिँ रोग पत्ता लागेन, तर यहाँ आएर स्वास्थ्य परीक्षण गर्नेबित्तिकै थाहा भयो, स्वरयन्त्रको क्यान्सर भएको रहेछ,” राजेशले भने, “दैनिक चुरोट–सुर्ती खाने बानी भएकाले यस्तो भएको रहेछ ।”

हेटौंडाका ५३ वर्षीय विष्णु रिमाललाई खाना खाँदा खाना अड्किने र सर्किने समस्या देखापर्यो । करिब २ सातासम्म पनि यस्तो समस्या देखापरेपछि उनी नजिकैको फार्मेसीमा गए । त्यहाँ उनलाई ग्याष्ट्रिकको औषधी दिइयो । त्यो औषधी सेवन गर्दासम्म खाना अड्किने र सर्किने कुनै समस्या देखापरेन । तर औषधी सेवन गर्न छोडेपछि पुनः खाना अड्किने, सर्किने अनि घाँटी दुख्ने र स्वर पनि सुक्दै गयो । 

उनी हेटौंडा सामुदायिक अस्पताल उपचारका लागि पुगे तर त्यहाँ पनि के भएर यस्तो समस्या आएको पत्ता लागेन । त्यसपछि उनी काठमाडौंको ग्रान्डी अस्पताल पुगे । विष्णु भन्छन्, “चिकित्सकले स्वास्थ्य परीक्षण गर्नुभयो, रिपोर्ट आउँदा स्वरयन्त्रको क्यान्सर भएको रहेछ ।” विष्णुले दैनिक धुम्रपानसँगै मद्यपान गर्ने बानी भएकाले यो क्यान्सर भएको अस्पतालमा नाक कान घाँटी रोग विशेषज्ञ ड. आनन्द घिमिरेले बताए । “५५ वर्ष नाघेका अत्यधिक धुम्रपान तथा मद्यपान गर्ने व्यक्तिमा स्वरयन्त्रको क्यान्सर हुने हुन्छ,” डा. घिमिरेले भने, “पछिल्ला दिनमा यो बढ्दो अवस्थामा देखिएको छ भने यसको शल्यक्रिया अत्यन्तै जोखिमयुक्त मानिन्छ ।”

चुरोट र रक्सीको मिश्रणले स्वरयन्त्रको क्यान्सरको जोखिम बढी हुने नाक, कान र घाँटीका अर्का विशेषज्ञ डा. प्रकास काफ्लेले बताए । “धुवाँ, धुलो र परिवर्तित जीवनशैलीका कारण नेपालमा स्वरयन्त्रको क्यान्सर बढी देखिन थालेको छ,” उनले भने, “खानपानमा ध्यान दिने, सुर्तिजन्य पदार्थ सेवन नगर्ने, धुलोधुवाँबाट बच्ने, मद्यपान नगर्ने गरेमा यो क्यान्सरबाट बच्न सकिन्छ ।”

नेपालमा स्वरयन्त्रको क्यान्सरलाई आधार मानेर कुनै अनुसन्धान नभए पनि यस्तो क्यान्सर बढ्दो रुपमा रहेको चिकित्सकहरु बताउँछन् । यस रोगका बिरामीको सर्वेक्षण गर्ने र चुरोट–सुर्ति बिक्रीवितरणमा कडाइ गर्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । 

लक्षणहरु
निल्न कठिन हुने
घाँटीमा केही वस्तु अड्किएको अनुभव हुने
घाँटी दुख्ने
खाना सर्किने
घाँटीबाहिर गाँठा देखापर्ने
स्वर क्रमिक रूपमा सुक्दै जाने
श्वासप्रश्वासमा समस्या हुने

उपचार
नाक कान घाँटी रोग विशेषज्ञ डा. प्रकाश काफ्ले भन्छन्, “स्वरयन्त्रको क्यान्सरको उपचार निकै जटिल हुन्छ । अन्य क्यान्सरको उपचारसरह रेडियोथेरापी, केमोथेरापी भए पनि रुद्रघन्टीमा हुने समस्याले यो उपचार निकै जटिल हुन्छ ।”

उनका अनुसार घाँटीको छेउमा सानो प्वाल पारेर बिरामीले सास फेर्ने वातावरण बनाइन्छ । शल्यक्रियापछि पनि यस्ता बिरामी बढी जोखिममा पर्छन् । नाकबाट श्वासप्रश्वास प्रक्रिया नहुने भएपछि घाँटीमा प्वाल पारेर सास फेर्ने बनाइने चिकित्सकको भनाइ छ । तर, यसबाट फोक्सोको संक्रमण हुने सम्भावना धेरै हुन्छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro