site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. देवकोटालाई कसको कस्तो शुभेच्छा ?

काठमाडौं । पित्तनलीको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका प्रख्यात न्यूरोसर्जन प्रा.डा. उपेन्द्र देवकोटालाई भेट्न सोमबार न्युरो अस्पताल बाँसबारीमा उनका शुभचिन्तक, चिकित्सक, नर्स, राजनीतिक दलका नेतादेखि सर्वसाधारणको बाक्लो भीड थियो । देवकोटा पत्नी डा. मधु र दुई छोरी भेट्न तथा स्वास्थ्य लाभको कामना गर्न आउने शुभचिन्तकलाई मुस्कुराएरै स्वागत गरिरहेका थिए । डा. देवकोटालाई भेट्न आएका सबैजसोले आगन्तुक पुस्तिकामा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छाका शब्दहरु लेखेका छन् ।

डा. देवकोटालाई भेट्न पाटनबाट आएका रहेछन् मणिहर शाक्य र उनका भाइ मणिहर्ष शाक्य । देवकोटालाई राखिएको आईसियु कक्षबाहिर लाइन लागिरहेका थिए शाक्य दाजुभाइ । डा. देवकोटाले दुई पटक टाउकोेको शल्यक्रिया गरेका रहेछन् मणिहर्षको । “उहाँकै कारण मैले नयाँ जीवन पाएँ । तर, उहाँँको अहिले यस्तो गम्भीर अवस्था छ,” आँखाभरी आँशु पारेर मणिहर्षले भने  ।

देवकोटालाई भेट्न चितवनबाट आएका हरिहर थापा र हरिकला थापा पनि भावुक देखिन्थे । साथमा उनीहरुकी करिब १० वर्षकी छोरी पनि थिइन् । ५ वर्षको उमेरमा छोरीको टाउकोमा जटिल प्रकारको ट्युमर पलाएपछि डा. देवकोटाले चारपटक शल्यक्रिया गरेका रहेछन् । “त्यो ट्युमरको शल्यक्रिया नभएको भए सायद आज हामीसँग हाम्रो छोरी हुन्न थिइन् होला,” हरिहरले भने, “उहाँ त हाम्रो भगवान हो ।” 

आगन्तुक पुस्तिकामा पनि थुप्रै शुभचिन्तकले स्वास्थ्य लाभको कामना गरेर लेखेका छन् । डा. देवकोटाकै साथी कुन्ति सापकोटाले लेखेकी छन्, “तिमीले हजारौंको उपचार गरेर अकालबाट बचायौ र लाखौको आँशु पुछ्यौ । तर अहिले तिमी आफै बिरामी भयौ । तिम्रो उपचार पाएर  निको भएका लाखौंले हाम्रो लागि भए पनि डा. देवकोटा तिमी बाँचिदेउ भनिरहेका छन् । आशा छ तिमी छिटै ठिक हुन्छौ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि डाक्टर देवकोटाको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् । गृहमन्त्री रामबहादुर थापा लेख्छन्, “राष्ट्रका  लागि योगदान अझै आवश्यक रहेको छ । यहाँको शिघ्र स्वास्थ्य लाभको भगवान पशुपतिनाथसँग प्राथना गर्दछु ।”
वीर अस्पतालका चिकित्सक सुवोध अधिकारीले लेखेका छन्, “नेपालमा रहेको न्युरो सर्जरीको सेवालाई विश्वस्तरमा नै पुर्याउने तथा आफूजस्तै न्युरो सर्जनहरु तयार पारेर सेवालाई देशका सबै ठाउँका मानिसको पहुँचमा पुर्याउने योगदान अतुलनीय रहेको छ । उहाँले सुरु गर्नुभएको प्रतिष्ठानबाट शिक्षित हुने चिकित्सक सधै उहाँप्रति ऋणी रहनेछन् ।”

विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र लेख्छन्, “मृत्यु बोधमा पनि मुस्काउन सक्नु सबभन्दा ठूलो शक्ति र खुसीको स्रोत हो  । तर, तपाईंले नजिक आइरहेको देख्नुभएको मृत्यु दशौं वर्षसम्म पनि नआओस् भन्ने मेरो भगवानसँग कामना  छ ।” 
त्यसैगरी पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लेख्छन्, “डा. देवकोटाको गम्भीर अवस्थाको खबरले हामीलाई स्तब्ध बनाएको छ । हजारांै व्यक्तिहरुको ज्यान बचाउने र पुनर्जीवन दिने एक प्रतिभाशालि, आत्मविश्वासले सम्पूर्ण आफ्नो क्षेत्रका दक्षिण एसियाकै प्रख्यात विज्ञ, चिकित्सक रहनुभएको छ । उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु ।” 

नेता हृदयेश त्रिपाठी लेख्छन्, “डा. देवकोटा ! मलगायत हजारौं ज्यान बचायौ, तिमिलाई अब इश्वरले बचाउने छन् ।” 

नयाँ शक्ति नेपालका डा. बाबुराम भट्टराईले आफू र डा. देवकोटाबीच स्कुले जीवनदेखिका कुराकानी भएको बताउँदै बाहिर सुनिने गरेका टीका टिप्पणीभन्दा ठिक विपरित हुने गरी आफूहरुको मित्रता रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “डा. देवकोटा ! यो असाध्य  रोगलाई उहाँले जित्नुहुनेछ, अझै विश्वास छ । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले लेखेका छन्, “आफू र आफ्नो परिवारको लागि सबै बाँच्न चाहन्छन् र बाँच्नुपर्छ । तर, डा. उपेन्द्र देवकोटा तपाईं आफू र आफ्नो परिवारको साथै सारा मानव जातिको लागि बाँच्न आवश्यक छ । एउटा चमत्कार होस् र तपाईले पुन. स्वास्थ्य लाभको कामना गरी हजारौं मानवको उपचार गर्न सक्नुहोस् । शिघ्र स्वास्थ्य लाभको कामना ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro