site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । धादिङ केवलपुरकी मायालक्ष्मी पाठककी २ महिनाकी छोरी सुनितालाई निमोनिया भयो । उनले छोरीलाई कान्ति बाल अस्पताल पुर्याइन् । कान्ति अस्पतालमा सामान्य उपचार गरेपछि चिकित्सकले सुनितालाई शिशु सघन उपचार कक्ष (एनआईसियु)मा राख्न सिफारिस गरे तर, अस्पतालमा एनआईसियु उपलब्ध थिएन । अस्पतालका एक चिकित्सकले निजी अस्पतालमा फोन गरेर एनआईसियुका लागि मिलाइदिए ।

कीर्तिपुरकी गीता मालीको ३ महिनाको छोरामा श्वासप्रश्वासको समस्या देखापर्यो । उनले छोरालाई कान्ति बाल अस्पतालमा उपचारका लागि पुर्याइन् । गीताको छोरालाई श्वासप्रश्वासमा समस्या भएकाले तुरुन्त एनआईसियुमा राख्नुपर्ने चिकित्सकले बताए र उक्त अस्पतालको कुनै पनि एनआइसियु खाली नभएको पनि जानकारी दिए । 

आर्थिक अवस्था कमजोर भएकाले छोरालाई अब निजी अस्पतालमा लगेर उपचार गर्न समस्या भयो ।  उनी भन्छिन्,  “आफन्तसँग ऋण लिएर उपचार गराएँ । सरकारीमा एनआईसियु नै नपाउने र निजीमा लैजान आर्थिक अवस्था कमजोर हुँदा धैरै गाह्रो हुने रहेछ ।” 

KFC Island Ad
NIC Asia

यी त प्रतिनिधि उदाहरणमात्र हुन्  । समय अगावै जन्मिएका, जन्मनु अगाडि नै जन्डिस भएका, मुटुरोग लागेका, कम तौल भएका, कडा खाले निमोनिया भएका शिशुलाई एनआईसियुमा राख्नुपर्ने चिकित्सकहरु बताउँछन् । राजधानीका केही अस्पतालमा एनआईसियु बेड छन् भने केही अस्पतालमा एनआईसियु बेड भएपनि भनेको बखत पाउन मुस्किल हुने गरेको छ । 
कान्ति बाल अस्पतालमा एनआईसियुमा २५ वटा वेड बिग्रेर थन्केका छन् । १६ वटामात्र एनआईसियु बेड सञ्चालनमा रहेका छन् । अस्पतालका निर्देशक डा. गणेशकुमार राईले भने,

“अहिले १६ वटा आईसियु सञ्चालनमा छन् तर त्यसमा काम गर्ने जनशक्ति नहँुदा समस्या भएको छ । बिग्रेका एनआईसियु मर्मत गर्न सके र जनशक्ति थप्न सके कुनै पनि बिरामी एनआईसियुका लागि अन्य अस्पताल रिफर गर्नु पर्दैनथ्यो ।”

Royal Enfield Island Ad

त्यसैगरी, परोपकार प्रसूति गृह थापाथलीमा दैनिक जन्मेका ३ देखि ७ जना शिशुलाई एनआईसियुमा राख्नुपर्ने हुन्छ । अहिले १५ वटामात्र एनआईसियु रहेका छन् । अस्पतालका निर्देशक जागेश्वर  गौतमले अहिले  भएको एनआईसियु नै यहाँ जन्मेका शिशुका लागि ज्यादै कम रहेको बताए । उनले भने, “नयाँ एनआईसियु राख्ने अहिले ठाउँ नै छैन । निमार्णधीन नयाँ भवनमा नयाँ एनआईसियु थप्नेछौ ।”

टिचिङ अस्पतालमा पनि पर्याप्त एनआईसियु बेड छैनन् । अस्पताललले त्यहाँ उपचारका लागि आएका शिशुहरु अन्य शिक्षण अस्पताल र निजी अस्पतालमा रिफर गर्ने गरेको अस्पतालका निर्देशक डा. दिपक महराले बताए । उनले भने, “अस्पतालमा पर्याप्त एनआईसियु बेड नभएकाले अन्य अस्पतालमा रिफर गर्न बाध्य भएका छौं ।” 

वीर अस्पतालमा समेत शिशुका लागि एनआईसियु छैनन् । अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले भने, “अहिलेसम्म सरकारले पनि कुनै ठोस कदम चालेको छैन । हामीले पनि एनआईसियु आवश्यक नै पर्छ भनेको छैनौं ।” निजामति अस्पतालमा पनि एनआईसियु नपाएको विरामीको आफन्तहरुको गुनासो छ । सरकारी अस्पतालमा एनआईसियुको मूल्य प्रतिदिन १२ सय पर्नेमा निजी अस्पतालमा प्रतिदिन करिब १० हजारसम्म लिने गरेका पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.महेन्द्र श्रेष्ठले अहिले केन्द्रिय अस्पतालहरुमा आवश्यक जनशक्ति थप्ने र बिग्रेर थन्किएका एनआईसियु मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउने विषयमा छलफल भइरेहको बताए । 

मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. दिपेन्द्र रमण झाले एउटा आईसीयु कक्ष सञ्चालन गर्न पाँच नर्स आवश्यक पर्ने बताए । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालको कुल बेडको १० प्रतिशत आईसियुका लागि छुट्ट्याउनु पर्ने हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro