site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । नेपालामा बर्सेनि करिब १ हजार मानिसमा औलो रोग देखा पर्ने गरेको तथ्यांकले देखाएको छ । औलो रोग संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्नेे ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा. केदार सेन्चुरीका अनुसार एनोफिलिज जातको पोथी लामखुट्टेले टोकेको १० देखि १५ दिनमा लक्षणहरू देखिने हुन्छ । उनले भने, “औलोको पहिचान गर्न रगतको नमूनालाई सुक्ष्मदर्शक यन्त्रले हेरेर परीक्षण गरिन्छ । ”

महाशाखाका डा. विवेक कुमार लालका अनुसार विशेषगरी औलोको जोखिम बढी भएको भारतबाट काम गरेर फर्किनेहरुमा हुने गरेको  छ । उनले भने, “अफ्रिकन देशहरुमा पनि औलोको जोखिम बढी हुने हुन्छ ।” औलोको उच्च तथा मध्यम जोखिमयुक्त वडाहरुमा बसोबास  गर्ने व्यक्तिहरुलाई  प्रत्येक ३ वर्षमा  र गर्भवती महिलाहरुलाई नियमित रुपमा निःशुल्क किटनाशकयुक्त झुल वितरण गरिँदै आएको महाशाखाले जनाएको छ ।  आयातित विरामीका कारण औलो रोग बढेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  

औलो रोगको उच्च जोखिममा १२ वटा  जिल्ला रहेका छन् । २०७३–७४ को तथ्यांकअनुसार  १ हजार १ सय २८ जना औलोको संक्रमित बिरामी भेटिएका थिए । त्यसमध्ये आयातित (विदेशबाट औलो लिएर आउने मानिसबाट सर्ने) ६ सय ३६ जना छन् भने स्थानीय ४ सय ९२ जना रहेका थिए । आर्थिक वर्ष २०७२–७३ को तथ्यांकअनुसार आयातित ४ सय ८५ र स्थानीय ५ सय ६ संक्रमित भेटिएको महाशाखाले जनाएको छ । 

त्यसैगरी, २ दखि ३ वर्षको अन्तरालमा शुक्ष्मस्तरीकरण गरी जोखिम  वर्गीकरण गर्दै आएको  छ ।  डा. लालले भने, “सन् २०१८ सम्ममा देखिएका औलो रोगका विरामी बढ्न नदिई ९० प्रतिशतमा घटाउने र स्थानिय औलो संक्रमण भएका गाविसहरुको संख्या ७० प्रतिशतमा घटाउने लक्ष्य छ ।”  सरकारले २०२५ सम्ममा नेपाललाई औलो रोग निवराण गर्ने लक्ष्य राखेको छ । 

औलो रोगका लक्षण
ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुने
निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने

कसरी बच्ने ?
राति सुत्दा सधैँ रासायनिक झुलको प्रयोग गर्ने 
शरीरका खुला अंगमा लामखुट्टेबाट बच्न सकिने मलम प्रयोग गर्ने
स्प्रे, लिक्विड, म्याटजस्ता लामखुट्टे भगाउने औषधि प्रयोग गर्ने
जोखिमयुक्त ठाउँको भ्रमणमा जानुअघि रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने
घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने
घर–घर तथा समुदायमा औलो सम्बन्धी जनचेतना फैलाउने
औलो रोगका लक्षणबारे जानकारी दिने
शंकास्पद बिरामीले तुरुन्त परीक्षण गर्ने
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro