site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । मौसम परिवर्तनसँगै राजधानीका अस्पतालमा मौसमी रोगका बिरामी बढ्न थालेका छन् । राजधानीका शुक्रराज ट्रपिकल, महारागञ्जस्थित कान्ति बाल अस्पताल, टिचिङ अस्पताल र विर अस्पतालमा उपचार गर्न आउने बिरामीमा मौसमी रोगका बिरामी बढी आउने गरेको अस्पतालहरुले जनाएका छन् । उपत्यकामा ज्वरो, टाइफाइड, झाडापखाला, आउँ, स्क्रब टाइफस, ठेउलालगायत रोगका बिरामी बढेको चिकित्सकहरूले बताएका छन् ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा दैनिक २० देखि ४० जनासम्म ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मौसम परिवर्तनसँगै अस्पतालमा ज्वरो रुघाखोकी, झाडापखालाका दैनिक २० देखि ४० जना बिरामी आउने गरेको बताए । उनले भने, “यस्ता समस्या लिएर उपचार गर्न आउनेमा वृद्धवृद्धा, बालबालिका बढी छन् ।”

त्यसैगरी, वीर अस्पतालमा पनि मौसमी रोगका बिरामी बढेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक भुपेन्द्र बस्नेतले मौसमी बिरामी दैनिक १ हजारदेखि १२ सयसम्म आउने गरेको बताए । उनले भने, “टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने, टाईफाईड, रुघा खोकीका बिरामी बढी आउने गरेको छन् ।” 

कान्ति बाल अस्पतालमा पनि तीन सातायता दैनिक बिरामीको चाप शतप्रतिशतले वृद्धि भएको अस्पतालका निर्देशक गणेश राईले बताए । उनले भने, “गर्मीको सुरुवातसँगै अस्पतालमा झाडापखाला, आउँ, हैजा, झाडापखाला, फुड पोइजन, बान्तालगायतका बिरामी दैनिक ५ सय देखि ७सय जना आउने गरेका छन् ।”

त्यस्तै शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले जाडोमा भन्दा गर्मी मौसममा बिरामीको चाप बढी हुने र अस्पतालमा दैनिक १५ सयदेखि १७ सय बिरामीहरु अस्पतालमा आउने गरेकोमा एक सातादेखि यता दैनिक दुई हजारभन्दा बढी मौसमी रोगका बिरामीहरु आउने गरेको बताए । उनले भने, “ज्वरो, आउने, टाउको दुख्ने, जिउ दुख्ने, कब्जियत देखिने, निरन्तर एक हप्तासम्म रुघाखोकीको लक्षण देखिने गरेका बिरामी बढी आउने गरेका छन् ।”

वरिष्ठ बालरोग विशेषज्ञ डा. कमलराज शर्माले झाडापखाला, ज्वरो, मलेरियाजस्ता समस्याले बालबालिकाहरुलाई सताउने भन्दै बालबालिकामा अचानक ज्वरो आएमा तत्काल अस्पताल लैजानुपर्ने बताए । 

“गत वर्षहरुमा उपत्यकामा धाराकोे पानी तथा ट्याङ्करले ओसार्ने पानीमा समेत कोलिफर्म भेटिएको थियो,” सरुवा रोग अस्पतालका विशेषज्ञ डा. अनुप बास्तोलाले भने, “धारामा आएको र ट्यांकरमा ओसारिएका मात्रै नभई प्राकृतिक रुपमा उम्रिएको पानीसमेत प्रदूषित हुनसक्ने भएकाले पानीजन्य रोगबाट बच्न पानीलाई सफासँग उमालेर खानुपर्छ ।”

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्क्रव टाइफस, इन्सेफ्लाइटिस, मलेरिया, डेँगुलगायत पनि यही समयमा लाग्ने हुनाले घर वरपर सफा राख्ने, खाल्डाखुल्डी पुरिदिने, धेरै दिनसम्म एउटै भाँडोमा हालेर पानी नराख्ने गर्नाले पनि किटजन्य रोगबाट बच्न सकिने बताए । उनले भने, “बासी खानेकुरा नखाने, धुलो धुवाँबाट बच्ने, धाराको पानी, ट्याँकरको पानी र जारकै पानीसमेत उमालेर पिउनुपर्छ ।ज्वरो आउनेबित्तकै तुरुन्त स्वास्थ्य चौकी गइहाल्नुपर्छ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro