site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । देशभरका १२ वटा अस्पतालमा करोडौं मूल्यका उपकरण प्रयोगविहीन रहेको पाइएको छ । मर्मतम्भार हुन नसकेर, जनशक्ति अभाव र भौतिक पूर्वाधार पर्याप्त नहुँदा उपकरण प्रयोगमा नआएका हुन् । 

हालै प्रकाशित महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनअनुसार मेची अञ्चल अस्पताल, भक्तपुर अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, सगरमाथा अञ्चल अस्पताल, धौलागिरी अञ्चल अस्पताल, सर्लाही अस्पताल, नारायणी उपक्षेत्रीय अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अञ्चल अस्पताल, क्षेत्रीय अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल सुर्खेत, बन्दीपुर अस्पताल र परोपकार स्त्रीरोग तथा प्रसूति गृह थापाथलीमा करोडौंका उपकरण यत्तिकै थन्किएका छन् । यी अस्पतालका मेसिनरी उपकरण सम्बन्धित विशेषज्ञ तथा पूर्वाधार अभाव एवं समयमा मर्मत हुन नसक्दा सेवा सञ्चालनमा आउन नसकेकोे प्रतिवेदनमा उल्लेख छ । 

मेची अञ्चल अस्पतालमा रहेको ईएनटी माईक्रोस्कोप, सिआर्म मेसिन, फ्लेक्जिबल न्यासो फ्यारिइगोस्कोप एनेस्थेसिया विथ भेन्टिलेटर, ईन्डोस्कोपी मेसिन र अल्ट्रासाउन्ड मेसिनको कुल मूल्य १ करोड २ लाख ५८ हजारको उपकरण जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

त्यसैगरी, भक्तपुर अस्पतालको आईसीयू उपकरणमा खरिदका लागि कुल खर्च १ करोड २२ लाख ४१ हजार लागेको तर २ वर्षदेखि जनशक्ति अभावका कारण सञ्चानमा नआएको, शुक्रराज ट्रपिकल अस्पतालको ४ शैय्याको आईसियु सञ्चालनका लागि १ करोड ९० लाख २३ हजार खर्च भएको तर जनशक्तिको अभावले सञ्चालन नआएको महालेखाले औंल्याएको छ । सगरमाथा अञ्चल अस्पतालको एड्भान्स कलर डोपलर ईको, २ थान डाईलासिस मेसिन र एनेस्थेसिया मेसिनका लागि ९६ लाख ५ हजार खर्च भएको तर सञ्चालनका लागि जनशक्ति अभाव कारण देखाइएको छ । 

सोही अस्पतालको प्यासेन्ट मोनिटर, कल्चर हेमाटोलोजी एनालाईजर, एक्सरे ५०० एम ए अटोमेटिक हेमाटोलोजी एनालाईजर खरिदका लागि ४८ लाख ७१ हजार खर्च भएको तर भौतिक पूर्वाधार नभएकाले सञ्चालनमा नआएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै धवलागिरी अञ्चल अस्पतालमा रहेको डाइलासिस मेसिन र एनेस्थेसिया मेसिन ५७ लाख ६६ हजारमा खरिद गरेको तर जनशक्ति अभावले सञ्चालनमा नआएको, सर्लाही अस्पतालमा रहेका अल्ट्रासाउन्ड मेसिन १ थान र डिजिटल एक्सरे मेसिन १ थान खरिद गरिएको तर जनशक्ति र विद्युत् आपूर्ति नभएर सञ्चालन नआएको मूल्य पनि खुलाइएको छैन ।

नारायणी उपक्षत्रीय अस्पतालमा रहेको डाईलासिस मेसिन स्थान अभावका कारण सञ्चालनमा नआएको मूल्य नखुलेको, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका अटोम्लेभ १ थान, एक्सरे मेसिन १ थान र सिटी स्क्यान मेसिन बिग्रिएर थन्किएको मर्मत हुन नसकेको र मूल्य खुल्न नसकेको औंल्याइएको छ । भेरी अञ्चल अस्पतालको ईको कार्डियोग्राफी मेसिन, एक्सरे मेसिन, डाईलासिस मेसिन भेन्टिलेर, सेमी अटो एनालाइजरलगायत उपकरण ६ महिना १ वर्ष र २ वर्षदेखि सञ्चालनमा नआएको र ती उपकरणको मूल्य पनि नखुलेको प्रतिवेदनमा उल्लेख छ । 

यसैगरी क्षेत्रीय अस्पताल सुर्खेतमा ३७ लाख ६६ हजारका डाईलासिस मेसिन पानी फिल्टर गर्ने मेसिन अभावमा सञ्चालन नआएको र सोहि अस्पतालको अटोक्लेभ मेसिनको मूल्य १२ लाख ४० हजारको मेसिन जडान भएपनि सञ्चालनमा आएको छैन । 

बन्दीपुर अस्पतालमा ३१ लाख ६७ हजारको युएसजी१ थान, एक्सरे मेसिन १ थान, सेमी अटो एनालाईजर १ थान र ईसीजी मेसिन १ थान मर्मत हुन नसक्दा सञ्चालनमा नआएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । 

परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालमा वेवी ईन्क्युवेटर २ थान, एक्सरे मेसिन १ थान, एएसजी मेसिन १ बेड साईड मोनिटर २, ओटी टेबल १ थान र फोटो थेरापी मेसिन ३ वटा मर्मत सम्भार नहुँदा सञ्चालनमा नआएको प्रतिवेदनमा उल्लेख छ । पूर्वाधार तयार नगरी, मेसिनरी आपूर्ति तथा खरिद गरी प्रयोगविहीन अवस्थामा राख्नेलाई जिम्मेवार बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले आवश्यक जनशक्ति थप्ने र बिग्रेका उपकरण मर्मतसम्भार गर्नका लागि चाँडोभन्दा चाँडो अनुगमन गर्ने बताए । उनले भने, “अनुगमन गरेपछि जनशक्ति थपघट हुनेछ र उपकरणको मर्मत सम्भार समेत हुनेछ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०७५  १०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro