site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । मौसमी रुघाखोकी (इन्फ्लुएन्जा) ले कडा रूप लिन थालेपछि सरकारले त्यसको न्यूनीकरण गर्ने तयारी थालेको  छ । सरकारले नेपालका करिब एक करोड मानिस प्रभावित भएको भन्दै मौसमी रुघाखोकीविरुद्धको खोप ल्याउने तयारीमा लागेको हो । 

पछिल्लो समय मौसमी रुघाखोकी कडा प्रकारको हुँदै गएको र यसलाई रोक्न खोप ल्याउने तयारी थालिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक केदार सेन्चुरीले बताए । 

“मौसमी रुघाखोकीले रूप परिवर्तन गरी कडा हुँदै गएपछि यसको नियन्त्रण र न्यूनिकरणका लागि खोप ल्याउने विषयमा छलफल हुँदैछ,” उनले भने “दातृ निकायहरुले उक्त विषयमा गम्भीर चासो देखाएका छन् हामी उनीहरुसँग छलफलको चरणमा छौँ ।” 

विश्वका अधिकांस देशहरूमा मौसमी रुघाखोकीविरुद्धको खोप सञ्चालन गरिरहेका छन् । 

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. विवेककुमार लालले दातृ निकायको सहयोगमा ल्याउन लागेको उक्त खोपको मूल्य विकसित देशमा एक डोजको १५ सय रुपैयाँ पर्ने बताए । उनले भने “दातृनिकायले मात्रै रकम दिएर पुग्दैन ।  यसका लागि नेपाल सरकारले पनि आवश्यक रकम दिनुपर्छ ।” 

त्यसैगरी,विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु परिवर्तनका कारण नेपालमा पनि मौसमी रुघाखोकीले रूप परिवर्तन गरेको डा. शेरबहादुर पुनले बताए । मौसमी रुघाखोकीबाट ज्वरो आउने, घाँटी दुख्ने, श्वास फेर्ने गाह्रो हुने, खोकी लाग्ने लगायतका लक्ष्ण देखिने गरेको छ । 

उनले भने “इन्फ्लुएन्जाविरुद्धको खोप एकपटक लगाएर पुग्दैन, हरेक वर्ष लगाउनुपर्छ ।” मौसमी रुघाखोकीबाट गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगी बढी जोखिममा रहेका रोग नियन्त्रण महाशाखाले जनाएको छ । 
मौसमी रुघाखोकीका कारण नेपालमा हरेक बर्ष १ करोड मानिस प्रभावित हुने गरेको सरुवा रोग नियन्त्रण महशाखाको तथ्यांकले देखाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर झण्डै ४ अर्ब मानिस मौसमी रुघाखोकीका कारण प्रभावित हुने गरेका छन् । महाशाखाको तथ्याङअनुसार मौसमी रुघाखोकीका कारण हरेक वर्ष ४० देखि ५० जनाको मृत्यु हुने गरेको छ । 

स्वास्थ्य मन्त्रालय नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले मौसमी रुघाखोकीले आफ्नो रूप समय–समयमा परिवर्तन गर्ने भएकाले महामारीको समयमा खोप आवश्यक देखिएको बताए । 

यो खोप कसरी कुन बजेटमा ल्याउन भन्ने विषयमा छलफल भईरहेको छ । उनले भने “यस सम्बन्धी अध्ययन भएको छैन, अहिलेसम्म बजेट विनियोजन पनि भएको छैन तर आगामि आर्थिक वर्षको बजेटमा इन्फ्इन्जा) खोप ल्याउने विषयमा  छलफल भईरहेको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  ०५:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro