site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महिलाको आम्दानीको श्रोत बन्दै ब्यूटीपार्लर, कममात्रै दर्ता
Sarbottam CementSarbottam Cement

काठमाडाैं । अहिलेको समयमा बेरोजगारको समस्या टड्कारो रुपमा देखिएको छ । त्यसमा पनि धेरै महिलाहरु त गृहिणीको रुपमा मात्र सीमित भएका छन् । एक हिसाबले भन्ने हो भने यो उनीहरुको बाध्यता पनि हो किनभने अहिलेको जमानामा रोजगार त्यति सजिलै कहाँ पाइन्छ र ? तर उद्यमशिल महिलाहरु भने विभिन्न घरेलु व्यवसाय तथा अन्य व्यवसायमा आकर्षित हुन थालेका छन् । ती मध्ये केही ब्यूटीपार्लर खोल्नमा लागि परेका छन् । अहिले राजधानीमा ब्यूटीपार्लर खोल्ने महिलाको संख्यामा निकै वृद्धि हुँदै गएको छ । छोटो अवधिको तालिम र न्यून लगानीमै ब्यूटी पार्लर खोल्न सकिने र ब्यूटी पार्लर संचालन गर्नको लागि शिक्षाको पनि खासै जरुरी नपर्ने भएको कारणले गर्दा पनि महिलाहरुको मुख्य रोजाईको विषयमा ‘ब्यूटी पार्लर’ व्यवसाय बन्दै गएको हो । महिलाहरुको आम्दानीको राम्रो श्रोत बन्ने गरेको भएतापनि अधिकांश ब्यूटी पार्लरहरु दर्ता भने भएका छैनन् । 

धापासी बस्ने रबिता थापा विगत १० बर्षदेखि बसुन्धारामा ‘ऋद्धी सिद्धी’ नाम गरेको ब्यूटी पार्लर सञ्चालन गर्दै आईरहेकी छिन् । रेउकाई संस्थाद्वारा प्रदान गरिएको एक महिने तालिम लिइसकेपछि उनले आफ्नै ब्यूटी पार्लर खोलेकी हुन् । “दिनभरी घरमा बसेर त्यसै समय बर्बाद गर्नुभन्दा केही आम्दानी होस् भनेर सानो ब्यूटी पार्लर चलाउन थालेकी हुँ”, थापाले भनिन् । “अहिलेसम्म ब्यूटी पार्लरबाट कमाएको पैसाले नै मेरो हरेक खर्च धान्न पुगेको छ”, उनले अगाडि थपिन् । ३० बर्षिया थापाले ब्यूटी पार्लरकै आम्दानीबाट आफ्नो छोरी पढाउने र घरको सारा खर्च धान्ने गरेकी छिन् । सानो ठाउँमै ब्यूटी पार्लर चलाउने गरेको भएपनि आउने सेवाग्राहीहरुलाई उनले राम्रो सेवा प्रदान गरेकी छिन् । यद्यपी उनले आफूले पार्लर दर्ता नगरेको बताईन् । “अनुगमन गर्न आउँदैनन्, दर्ता नगरे पनि फरक पर्दैन जस्तो लागेर दर्ता गरेको छैन”, उनले भनिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

काडाँघारीकी शारदा खड्का विगत दुई बर्षदेखि आफ्नो घर नजिकै ‘ऋद्धी सिद्धी’ नाम गरेकै ब्यूटि पार्लर सञ्चालन गर्दै आइरहेकी छिन् । शुरुमा अरुको ब्यूटी पार्लरमा सहयोगीको रुपमा काम गरेकी शारदाले त्यहीँ काम गरेको अनुभवको आधारमा आफ्नै पार्लर खोलेकी हुन् । “अरुको ब्यूटी पार्लरमा काम गर्दा गर्दै पछि आफैंले खोलेर चलाउन सक्छु जस्तो लाग्यो”, शारदाले भनिन् । उनले अगाडि थपिन्, “दिनभरी ब्यूटी पार्लरमा व्यस्त हुन्छु, यसैको कमाइले जीवन चलिरहेको छ ।” महिलाहरुको लागि सबैभन्दा उपयुक्त व्यवसाय ब्यूटी पार्लर रहेको उनले बताईन् । 

पुतलीसडकमा १० बर्षदेखि ‘बिन्दा ब्यूटी पार्लर’ सञ्चालन गर्दै आएकी बिन्दा बस्नेतको भने पृथक विचार छ । आफूले आम्दानीको लागि मात्रै नभई समय कटाउनको लागि ब्यूटी पार्लर सञ्चालन गरेको उनले बताईन् । ब्यूटी पार्लरबाटै दैनिकी रु १ हजार देखि २ हजारसम्म कमाउने बिन्दा भन्छिन्, “मैले ब्यूटी पार्लरमा खासै धेरै समय दिने गरेकी छैन, तर राम्रोसंग समय दिने हो भने यो भन्दा राम्रो आम्दानी हुन सक्छ ।” यद्यपी थोरै समय मात्र पार्लर खोल्दा पनि राम्रो कमाई हुने गरेको उनले बताईन् । 

Global Ime bank

अधिकांश ब्यूटी पार्लरहरु कमाईको राम्रो श्रोत बन्दै गएको भएपनि कतिपय ब्यूटी पार्लरहरु दर्ता गरिएको छैनन् । ब्यूटी पार्लर चलाउने महिलाहरु पनि दर्ता गर्न जरुरी नरहेको बताउँछन् । 

ब्यूटी पार्लरहरु दर्ता नभएकै कारणले गर्दा पनि एउटै नाम भएको पार्लर धेरै ठाउँमा भेटिने गरेका छन् । एकातिर कममात्रै ब्यूटी पार्लर दर्ता भएको पाईन्छ भने अर्कोतिर दर्ता भएका ब्यूटी पार्लरहरुको पनि घरेलु तथा साना उद्योगमा तथ्यांक फेला पार्न गाह्रो छ । घरेलु तथा साना उद्योग विकास समितिकी प्रशिक्षण अधिकृत अम्बिका अर्याल भन्छिन्, “हामी कहाँ दर्ता गर्न आउने सबै किसिमको उद्योगहरुको तथ्यांक एउटै फाईलमा राख्ने कारणले गर्दा पनि ब्यूटी पार्लरको मात्रै भनेर छुट्टै तथ्यांक फेला पर्न गाह्रो भएको हो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC