site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गणेश लामा पुर्पक्षका लागि जेल चलान
SkywellSkywell

काठमाडौं । हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको इजलाशले उनलाई जेल चलानको आदेश भएको हो ।

काठमाडौंका प्रजिअ केदारनाथ शर्माको इजलाशले जेल चलानको आदेश दिएपछि लामालाई आजै जेल लगिने तयारी भएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । लामालाई डिल्लीबजार कारागार लैजाने तयारी भएको उनले बताए । लामाले अब फैसला नहुञ्जेलका लागि जेल बस्नुपर्ने हुन्छ । 

Dabur Nepal
NIC Asia

फागुन २९ गते राति काठमाडौंको पिंगलास्थानमा लामा पेस्तोल र गोलीसहित पक्राउ परेका थिए । प्रहरी प्रयोगशालाले पेस्तोल र पेस्तोलबाट निस्कीएको गोली लामाले नै चलाएको पुष्टि गरेको थियो । यद्यपि हतियार आफ्नो नभएको लामाले दाबी गर्दै आएका छन् ।

यसअघि सरकारी वकिलको कार्यालयमार्फत् लामामाथि दुईपटक म्याद थपेर प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले लामासँग टाइप ५४ लेखिएको चाइनिज पेस्तोल र ६ राउन्ड गोली र एउटा खोका पनि घटनास्थलबाट बरामद गरेको थियो । 

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २६, २०७४  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu