देश
बुटवल । गुण्डा नाइके मनोज पुनको योजनामा सबैभन्दा पहिले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । अघिल्लो वर्ष पुसमा तिवारीको हत्या भएको थियो । पुनकै योजनामा उक्त हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भारतको गोवामा बसेका उनको योजना र निर्देशनमा नेपालमा रहेका सोम आले र श्याम गुरुङले तिवारीको हत्या गरेका थिए । त्यसैगरी यहि पुस २२ गते रुपन्देहीकै काठ व्यवसायी बसन्त पौडेलको हत्या भएको थियो ।
उनी घरमै आगो तापेर बसेका बेला मोटरसाइकलमा गएका युवाले उनको हत्या गरेका थिए । त्यस्तै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार पनि पुन नै रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०७४ ०७:३९
प्रतिक्रिया दिनुहोस्