site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन परिणाम 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको छ ।  आयोगका पदाधिकारीहरुले राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपति भवन शितल निवासमा बुधबार साँझ भेटगरी प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण मत परिणाम बुझाएका हुन । प्रतिनिधिसभा समानुपातिकतर्फका उमेदवारहरुको नामावली दलहरुले बुझाएलगत्तै आयोगले सम्पूर्ण परिणाम राष्ट्रपतिलाई बुझाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधि सभा समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले ६÷६ सिटसंख्या बाँडफाँड गरिएको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सोही सिटमा संवैधानिक व्यवस्थाअनुसार दलहरुले आ–आफ्नो अन्तिम सूची पेश गरेलगत्तै आयोगले ती उमेदवारहरुलाई विजयी भएको घोषणा समेत गरेको थियो । 

निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम राष्ट्रपति समक्ष पेश गरेलगत्तै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था छ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  १९:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro