site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
७ वर्षपछि पर्यटक आगमन लक्ष्य पूरा, पूर्वाधार अभाव कायमै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालले सन् २०१७ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पूरा गरेको छ । सरकारले सन् २०११ मा पर्यटन वर्ष मनाएर वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । तर, अहिलेसम्म उक्त लक्ष्य पूरा भएको थिएन । 

२०१७ मा झण्डै साढे १० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराएर लक्ष्य पूरा गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनका अनुसार अध्यागमनको तथ्याङ्कमा २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेको देखिए पनि छिमेकी देश भारतबाट स्थलगत रुपमा आउने पर्यटकको यकिन गणना भएको छैन । उनले भने, “त्यो संख्या पनि जोड्यौं भने साढे १० लाखको हाराहारीमा पुग्छ ।” २०१७ को उपलब्धिले उत्साहित बनाएको उनले बताए । 

नेपालले निकै लामो समयदेखि पर्यटक बढाउन विभिन्न पहल गर्दै आएको भएपनि हालसम्म लक्ष्य अनुसारको सफलता पाउन सकेको थिएन । पछिल्लो समय सन् २०१५ मा भूकम्पका कारण नेपालमा विदेशी पर्यटकको संख्या ह्वात्तै घटेको थियो । २०१३ र २०१४ मा झण्डै ८ लाख विदेशी पर्यटक भित्र्याएको नेपालले २०१५ मा साढे ५ लाख पर्यटक पनि भित्र्याउन सकेन । २०१६ मा झण्डै साढे ७ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । यसमा पनि सुधार हुँदै पछिल्लो वर्ष २०१७ मा ३ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

भारत पहिलो,  श्रीलंकाभन्दा अमेरिका अगाडि
२०१७ मा पनि नेपाल भ्रमण गर्नेमा भारतीय पर्यटक नै सबैभन्दा धेरै रहेको तथ्याङ्कले देखाएको छ । गत वर्ष १ लाख ६० हजार ८३२ भारतीयले नेपाल भ्रमण गरेको अध्यागमनको रेकर्ड छ । दोस्रो स्थानमा रहेको चीनका १ लाख ४ हजार ६६४ जनाले गतवर्ष नेपाल भ्रमण गरेका छन् । नेपालमा पर्यटक आउने मुलुकको तेस्रो स्थानमा अमेरिका परेको छ ।

अमेरिकाबाट ७९ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेको गरेको अध्यागमन विभागले जनाएको छ । चौथो स्थानमा श्रीलंका परेको छ । श्रीलंकाबाट ४५ हजार ३ सय ६१ पर्यटक नेपाल आएका छन् । बेलायत पाँचौं स्थानमा परेको छ, जहाँबाट ५१ हजार ८ सय ८५ पर्यटक नेपाल आएका छन् । 

Global Ime bank

सन् २०१६ मा भने भारतबाट १ लाख १८ हजार २ ४९, चीनबाट १ लाख ४ हजार ५, श्रीलंकाबाट ५७ हजार ५ सय २१, अमेरिकाबाट ५३ हजार ६ सय ४५ तथा बेलायतबाट ४६ हजार २ सय ९५ जनाले नेपाल भ्रमण गरेको देखिन्छ । 

२०१७ मा अमेरिकामा नेपाली पर्यटनबारे गरिएका प्रचार तथा पहलका कारण पर्यटक बढेको सीईओ जोशीले बताए । बढी खर्च गर्नसक्ने पर्यटक भित्र्याउने अभियानका कारण पनि अमेरिकी पर्यटकको संख्या श्रीलंकाको तुलनामा बढ्न गएका उनको भनाइ छ ।  

२० लाखको लक्ष्य, पूर्वाधार अभाव मुख्य चुनौती 
२०१७ मा पाएको सफलताले उत्साहित भएको पर्यटन बोर्ड २०१८ मा १२ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित अगाडि बढेको छ । “२०१८ मा १२ लाख तथा २०२० सम्ममा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ,” सीईओ जोशीले भने । लक्ष्यलाई सार्थक बनाउन हाल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सम्पन्न गर्नुपर्नेमा उनको जोड छ ।

विमानस्थल निर्माणबाहेक नेपालमा अन्य पूर्वाधार तथा सुविधाहरु पनि पर्यटकले भनेअनुसार हुन नसकेको उनले बताए । “सडक र सवारीसाधनको अवस्थामा पनि सुधार गर्नुपर्ने देखिन्छ । यहाँ आएका पर्यटकको सेवासुविधामा कुनै कमी नहोस् र उनीहरुले मूल्य तिरेपछि चाहेअनुसारको सुविधा पाउन्,” उनले भने । राजनीतिक स्थिरता नहुँदा पनि अपेक्षित रुपमा नेपालमा पर्यटकको संख्या वृद्धि हुन नसकेको भन्दै उनले स्थिरता भए प्रत्येक वर्ष २०–२५ प्रतिशत पर्यटक आवागमनको दर बढाउन सकिने दाबी गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०७४  १४:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय