site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साताको सेयर बजार : नेप्से ३२ अंकले घट्यो, साढे १४ अर्बको कारोबार

काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेको छ । गत साता ३३ अंकले बढेको नेप्से यो साता ३२.७२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो साता पाँच दिन सेयर कारोबार भएकोमा तीन कारोबार दिन नेप्से घटेको छ । दुई दिन बढेको छ । 

गत साता भने चार दिन सेयर कारोबार भएकोमा तीन कारोबार दिन बढेको थियो । तर, यो साता भने आइतबार, सोमबार र बुधबार बजार घटेको छ । नेप्सेका अनुसार आइतबार २४.५८ अंकले बजार घटेको थियो भने सोमबार १५.६२ अंक र बुधबार ०.२१ अंकले बजार घटेको थियो ।

गत साताको तुलनामा यो साता कारोबार रकममा पनि कमी आएको छ । यो साताको पाँच दिनमा १४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँको काराबोर भएको छ । गत सात चार दिनमा १४ अर्ब ४९ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । गत साताको तुलनामा यो साता सात करोड ९५ लाख रुपैयाँभन्दा बढीले कारोबार रकम घटेको हो ।

कुल बजार पुँजीकरण पनि ५१ अर्ब ९० करोड रुपैयाँले घटेको छ । बिहीबार कुल बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ६० करोड रुपैयाँ छ । गत साताको अन्तिम दिन कुल बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ६० करोड रुपैयाँ थियो ।

यो साताको अन्तिम दिन बिहीबार बजार १९६६.२३ विन्दुमा बन्द भएको छ । साताको अन्तिम दिन तीन अर्ब १२ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये जीवन बिमा, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको छ ।

last-1715321139.PNG
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro