site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Global Ime bankGlobal Ime bank
किन आउँदैछन् सलमान खान नेपालमा ? नेपाल सुरक्षित रहेको सन्देश दिने 

काठमाडौं । फागुन २६ गते बलिउड स्टार सलमान खान नेपाल आउने निश्चित भएपछि अहिले आयोजकले विज्ञापन गर्न सुरु गरेको छ । सलमानको ‘द–दवङ द टुर’ अन्तरगत उनी नेपाल आउने भएपछि अहिले आयोजकले विज्ञापन सुरु गरेको हो । 

ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङका अनुसार टुँडिखेलमा हुने कार्यक्रममा हजारभन्दा धेरै दर्शक सहभागी हुनेछन् । “ब्रायन एडम्स आउँदा झण्डै २० हजार दर्शकले टिकट किनेका थिए,” गुरुङले भने, “ब्रायन एडम्सका तुलनामा सलमान नेपाल र नेपालीका लागि बढी परिचित भएकाले ५० हजार भन्दा धेरै दर्शक उपस्थित हुने अपेक्षा गरेका छौैं ।”

कार्यक्रमबाट १५ करोड रुपैयाँ टिकटबाट उठाउने योजना रहेको गुरुङको भनाइ छ । १५ करोड रुपैयाँ उठ्ने कार्यक्रमबाट सलमानले कति पारिश्रमिक लिन्छन् भन्ने जिज्ञासामा गुरुङ भन्छन्, “हाम्रो कम्पनीले यस्ता कार्यक्रम यस अगाडि पनि गरिसकेकाले हाम्रो आफ्नै नियम छ । सोही अनुसार पेमेन्ट गर्छौं । तर, यती नै भनेर भन्नु सायद उचित हुँदैन होला ।” १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन्भने ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वयम्सेवकले कार्यक्रमलाई व्यवस्थित गर्नेछन् । 

कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका रहेका गुरुङले जानकारी दिए । “भीआईपी र अशक्तलाई हामी अगाडि राख्नेछौं । कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएको हो,” गुरुङले भने ।

सलमान फागुन २५ गते नेपाल आउनेछन् । जेट एयरलाइन्सको विमानबाट उनी नेपाल आउन लागेका हुन् ।

उनी विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् ।  सलमानसँगै ७ जना कलाकारका साथमा ९० जनाको टोली होटल सोल्टीमा रहनेछन् । सलमान तीन दिन नेपाल रहँदा कुन कुन ठाउँ घुम्नेछन् त्यो भने बताइएको छैन । 

उनी तीन दिनका लागि नेपाल आउन लागेको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । सलमान ११ मार्चमा पुनः मुम्बई फर्किनेछन् । कार्यक्रमको लागि दिउसो १२ बजेबाट नै टुँडिखेलको गेट खुल्ला गरिने बताइएको छ । तर, सलमान भने साढे ६ बजे स्टेजमा देखा पर्नेछन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, माघ ११, २०७४  ००:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro