site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन तस्करीको मुख्य नाका केरुङ, ४ महिनामा १३३ किलो बरामद

काठमाडौं । गएको भदौ १४ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट १४ किलो सुन बरामद गर्यो । रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरी भारतसम्म पुर्याउन लागिएको सूचनाका आधारमा टोखा नगरपालिका–११ सामाखुशीबाट सुन बरामद भएको थियो । 

भदौ १९ गते प्रहरीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो अवैध सुन बरामद गर्यो । रसुवाको केरुङ नाकाबाट भन्सार छली गरेर यति ठूलो परिमाणमा सुन बरामद भएको यो पहिलो घटना पनि हो । महानगरीय अपराध महाशाखाको टोलीले बा १७ च ६४२७ नम्बरको गाडीबाट सुन बरामद गरेको थियो । उक्त सुन काठमाडौं ल्याउने चिनियाँ दम्पति भने अझै फरार छन् । 

गएको मंसिर २ गते प्रहरीले रसुवागढी नाकाबाट १७ किलो अवैध भन्सार छलीको सुन बरामद गर्यो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी प्रमुखसहितको टोलीले बोलेरो जिपबाट उक्त परिमाणको सुन बरामद गरेको हो । रसुवागढी नाकाबाट बा ११ च ७९१८ नम्बरको बोलेरो जिपबाट अवैध सुन आउँदै गरेको सूचना पाएको प्रहरीले उक्त सुन बरामद गरेको हो ।  पक्राउ परेका भरिया र जिप  पहिलेदेखि नै सुन ओसार्ने काममा संलग्न भएको तथ्य खुल्यो । 

०७३ चैत ३ गते चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो भन्सार छलीको अवैध सुन बरामद भयो । स्याङ्जा वालिङ–९ का प्रकाश गैरेले गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा रसुवाको टिमुरेबाट प्रहरीले उक्त सुन बरामद गरेको थियो । 

प्रहरीका अनुसार सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि तस्करहरु रसुवातिर लागेका छन् । पछिल्लो तथ्यांकले पनि यो कुराको पुष्टि गर्छ । बेला बेलामा सुन बरामद भए पनि वास्तविक कारोबारी पक्राउ पर्दैनन्, भरियामात्रै समातिन्छन् । नेपाल प्रहरीको तथ्यांकअनुुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म मात्र देशभरबाट १ सय ३३ किलो अवैध सुन बरामद भएको छ ।

आर्थिक वर्ष २०७१–०२ मा देशभरबाट १ सय ११ केजी सुन प्रहरीले बरामद गरेको थियो । त्यस्तै २०७२–०७३ मा ६८ केजीमा सुन बरामद भएको थियो । अवैध रुपमा भित्र्याएको सुनबाट राम्रो आम्दानी हुने भएका कारण तस्करीको सुन धेरै खपत हुने प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपाने बताउँछन् । 

यो पनि 
काठमाडौंमा दैनिक सय किलो अवैध सुन भित्रिन्छ ! कहाँ जान्छ यतिधेरै सुन ?

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ४, २०७४  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro