विशेष
काठमाडौं । नेकपा एमालेले सरकार कामचलाउ भइसकेको हुँदा पनि दीर्घकालिन असर पार्ने कुनै पनि निर्णय नगर्न सरकारलाई चेतावनी दिएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारले विभिन्न दरबन्दी नै सिर्जना गरेर नियुक्ति गरेको भन्दै यस्तो काम नगर्न चेतावनी दिएको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले सचिव योगेश भट्टराईले काम चलाउ भइसकेको सरकारले कुनै पनि नियुक्ति गर्न नमिल्ने निर्णय गरेको बताए । उनले राष्ट्रिय सभा उमेदवार प्रदेश तहबाटै सिफारिस गर्न पनि तल्लो कमिटीलाई निर्देशन दिइएको जानकारी दिए ।
त्यसैगरी सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी नतोकेर निर्वाचन प्रभावित पार्ने प्रयास गरेको आशंका पनि एमालेले गरेको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३, २०७४ १४:११
प्रतिक्रिया दिनुहोस्