site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सेक्स भिडियो सार्वजनिक भएपछि दिल्लीका महिला एवम् बालकल्याणमन्त्री बर्खास्त
एजेन्सी । आफ्नो मन्त्रीमण्डलका सदस्य सन्दिप कुमारको सेक्स भिडियो सार्वजनिक भएपछि दिल्लीका मूख्यमन्त्री अरबिन्द केजरीवालले सन्दीप कुमारलाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । आफुलाई सो सिडि बुधबार प्राप्त भएको र उक्त भिडियो हेरेपछि आफूलाई धेरै दुःख लागेको केजरीवालले बताएका छन् । उनले सन्दीप कुमारको क्रियाकलापले आम आद्मी पार्टीलाई मात्र नभई पुरै आन्दोलनलाई धोका दिएको बताएका छन् । सन्दिप कुमारको क्रियाकलापबाट आम आद्मी पार्टीको विश्सनियता माथि प्रश्न उठेको केजरीवालले बताए । 
धेरैले आफूहरुको आन्दोलनमा लाग्नका लागि व्यक्तिगत व्यापार व्यवसाय, पेशा छोडेर आएको तर सन्दिप कुमारको क्रियाकलापले आम आद्मी पार्टीपनि अन्य पार्टी जस्तै होकी भन्ने आशंका उब्जिएको केजरीवालले बताए । उनले कोही खराब हो भनेर कसैको निधारमा नलेखिने हुँदा आम आद्मीको आन्दोलनलाई सन्दिप कुमारसँग नजोडिदिन आग्रह गरेका छन् । पार्टीको आगामी बस्ने बैठकले सन्दिपकुमारलाई पार्टीबाट पनि निकालिने  केजरीवालले बताए । 
यता सन्दिपकुमारले आफू दलित भएको कारण आफलाई फसाइएको प्रतिक्रिया दिएका छन् । उनले सिडिको जाँच गर्न माग गरेका छन् । आफू सिडिमा नभएको र आफु दलित भएकै कारण बिना जाँच मिडियाले उक्त सिडि चलाएको सन्दीपले आरोप लगाएका छन् । 
मुख्यमन्त्रि केजरीवालले एक ट्वीट गरी बुधबार नै सन्दिप कुमारलाई पदबाट हटाएको बताएका थिए । सन्दिप कुमार महिला एवम बाल-कल्याणमन्त्री थिए । 
 
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७३  १८:२१
प्रतिक्रिया दिनुहोस्