site stats
बाह्रखरी :: Baahrakhari
देश
गोहीले खाएको अवस्थामा नारायणी किनारमा महिलाको शव फेला

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । 

भरतपुर महानगरपालिका–२८ मा पर्ने उक्त स्थानमा टाउको र कम्मरभन्दा मुनिको भाग गोहीले खाइसकेको अवस्थामा आइतबार साँझ ५ः२५ बजे महिलाको शव फेला परेको हो । 

चितवन प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृत्वमा गएको टोलीले शवलाई पानीबाट बाहिर निकालेको थियो । 

प्रहरीले मुचुल्का तयार गरी आवश्यक प्रक्रिया पूरा गरेको जानकारी दिएको छ। अहिलेसम्म मृतक महिलाको पहिचान खुल्न सकेको छैन । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्