
काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार ६) पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस दिन संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, बाँके, बर्दिया, दाङ, सल्यान, रोल्पा, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, रुपन्देही, कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरामा बाढीको ‘मध्यम’ जोखिम औँल्याइएको छ ।
इलाम, झापा, सुनसरी, मोरङ, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, दोलखा, रामेछाप, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक भई बहने अधिकांश साना नदीमा बहाव सामान्य बढ्ने अनुमान छ ।
सिन्धुली, मकवानपुर, उदयपुर, धनुषा, महोत्तरी, तनहुँ, पर्वत, म्याग्दी, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), गुल्मी, प्युठान, रोल्पा, सुर्खेत, अछाम, दैलेख र दार्चुला भई बहने अधिकांश साना नदीमा पनि बहाव सामान्य बढ्ने महाशाखाको अनुमान छ ।
अबका तीन दिन कोसी, नारायणी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान छ । कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने सम्भावना छ । पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, वाग्मती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने तर बढ्दो हुने महाशाखाको पूर्वानुमान छ ।