site stats
बाह्रखरी :: Baahrakhari
देश
दब्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
गुल्मीमा पहिरोको दृश्य । फाइल तस्बिर ।

बागलुङ । बागलुङ नगरपालिका–१०, दब्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार (असार ५) रातिदेखिको अविरल वर्षापछि खसेको पहिरोका सडक अवरुद्ध भएको हो ।

सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । करिडोर अवरुद्ध हुँदा बागलुङ सदरमुकाम बागलुङ बजारबाट जिल्लाको दक्षिणी क्षेत्रमा सवारी आवागमन ठप्प भएको प्रहरी सहायक निरीक्षक गंगाराम विकले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

करिडोर हुँदै लामो दूरीका निम्ति छुटेका सवारीसाधन समेत बाटोमै थन्किएका छन् । 

कालोपत्र गर्ने काम चलिरहेको बागलुङ–बलेवा विमानस्थलखण्डमा ठाउँठाउँमा पहिरोले करिडोर भत्काएको छ । सडक खुलाउन केही समय लाग्ने प्रहरी सहायक निरीक्षक विकले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्