site stats
बाह्रखरी :: Baahrakhari
देश
डीएसपी उद्धव भाट सम्मानित

काठमाडौं । प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धव सिंह भाट सम्मानित भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले डीएसपी भाटलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वयम्भू क्षेत्रको शान्ति सुरक्षा, स्वयम्भु प्रहरी कार्यालयको जीर्ण भवनहरूको स्तरोन्नती गरेर जुनियर प्रहरी कर्मचारीको हौलास तथा फैसला कार्यान्वयनअन्तर्गत उत्कृष्ट काम गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

काठमाडाैं परिसरको १४ वटा प्रहरी वृत्तमध्ये स्वयम्भू वृत्तले जेठ महिनामा सबैभन्दा उत्कृष्ट काम गरेको भन्दै एसएसपी अधिकारीले प्रशंसाप्रत्र प्रदान गरेका हुन् ।

काठमाडौं प्रहरी प्रमुखले जिल्लामा उत्कृष्ट काम गर्ने प्रहरी अधिकारीलाई सम्मान गर्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्