site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दियामा भारी वर्षा, बबई नदीमा जलसतह सतर्कता तहनजिक
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बर्दियामा भारी वर्षा भएको छ । वर्षाका कारण बाढीसमेत आएको छ ।  

जिल्लाका बबई नदी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको छ । जलसतह बढ्दो क्रममा रहेकाले सो नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

गएराति बर्दियाका दौलतपुर, बर्गादही, राम्भापुर, रानिजरुवा र  कुम्रा गाउँ वर्षामापन केन्द्रमा भारीदेखि अति भारी वर्षामापन गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्