site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानले इजरायलमाथि हान्यो मिसाइल– सात जनाको मृत्यु, सय बढी घाइते

काठमाडौं । इरानले गरेको पछिल्लो मिसाइल आक्रमणमा मध्ये इजरायलको तेल अभिभ महानगरीय क्षेत्रको केन्द्रमा पर्ने बत याम सहरमा एक भवनमा मिसाइल खसेको छ । 

इजरायली आपतकालीन सेवा मागेन डाभिड एडमले यो प्रहारमा कमसेकम सातजनाको मृत्यु र लगभग १०० जना घाइते भएको पुष्टि गरेको छ ।  उद्धारकर्मीहरूले ध्वस्त भवनको भग्नावशेषबाट घाइतेहरूलाई बचाउन प्रयासरत रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इरानले रातभर इजरायलमा बिभिन्न चरणमा मिसाइल प्रहार गरेको छ । यसअघि इजरायली समाचार स्रोतहरूका अनुसार, उत्तरी इजरायलको हाइफा नजिकैको आवासीय क्षेत्रमा मिसाइल प्रहार गर्दा कमसेकम पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको थियो । 

इजरायली आपतकालीन सेवा मागेन डाभिड एडमले तेल अभिभमा भएको अर्को प्रहारमा ६० वर्षीया एक महिलाको मृत्यु भएको जनाएको थियो भने ४४ जना घाइते भएका थिए ।
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्